सीताराम विवाह महोत्सव मंसिर २ गतेदेखि

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
४० पटक हेरिएको
Shares
सीताराम विवाह महोत्सव मंसिर २ गतेदेखि

सारांश

  • जनकपुर, कात्तिक १२ – आगामी मंसिर २ देखि ८ गतेसम्म जनकपुरमा सीताराम विवाह महोत्सव मनाइने भएको छ ।
  • गोस्वामी तुलसीदासले ‘रामायण’मा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् ।
  • त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखेको शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र रामले तीन टुक्रा पारेपछि मंसिर शुक्लपञ्चमीका दिन राम र सीताको विवाह भएको थियो ।

जनकपुर, कात्तिक १२ – आगामी मंसिर २ देखि ८ गतेसम्म जनकपुरमा सीताराम विवाह महोत्सव मनाइने भएको छ ।

गोस्वामी तुलसीदासले ‘रामायण’मा वर्णन गर्नुभएअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यसलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखेको शिवधनुषलाई अयोध्याका राजा दशरथका ज्येष्ठ पुत्र रामले तीन टुक्रा पारेपछि मंसिर शुक्लपञ्चमीका दिन राम र सीताको विवाह भएको थियो ।

सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीरबाट नभए पनि अदृश्य रूपमा नै हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुुने गरेका छन् ।

मिथिलामा दुलहा पक्षलाई अयोध्यावासी र दुलही पक्षलाई मिथिलावासी मान्ने चलन छ । सीतारामको प्रतीकात्मक विवाह मैथिल संस्कृतिअनुसार गर्ने परम्परा छ ।

जानकी मन्दिरका सहमहन्त रामरोशन दासका अनुसार महोत्सवमा मङ्सिर २ गते जनकपुर दर्शन, ३ गते फूलबारी लीला ,४ गते धनुषयज्ञ, ५ गते तिलकोत्सव, ६ गते मटकोर, ७ गते शुभविवाह र ८ गते रामकलेवाको कार्यक्रम छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?