मिक्लाजुङका अधिकांशस्थान पहिरोको जोखिममा

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०७४
|
|
५५ पटक हेरिएको
Shares
मिक्लाजुङका अधिकांशस्थान पहिरोको जोखिममा

सारांश

  • उर्लाबारी (मोरङ), २४ जेठ ।
  • सबैजना नजिकिँदो स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेका बेला मोरङको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा भने पहिरोको जोखिमबाट त्रस्त छन् ।
  • चुरे क्षेत्रका अधिकांश स्थानमा पहिरोको जोखिम बढेपछि सो गाउँपालिकाका तीनवटा वडाका बासिन्दा त्रस्त बनेका हुन् ।

उर्लाबारी (मोरङ), २४ जेठ । सबैजना नजिकिँदो स्थानीय तहको निर्वाचनको प्रचारप्रसारमा रहेका बेला मोरङको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा भने पहिरोको जोखिमबाट त्रस्त छन् ।

चुरे क्षेत्रका अधिकांश स्थानमा पहिरोको जोखिम बढेपछि सो गाउँपालिकाका तीनवटा वडाका बासिन्दा त्रस्त बनेका हुन् । गत वर्षको वर्षामा केही स्थानमा पहिरो खसे पनि धेरैजसो पहाड चिरा परेर धसिएपछि जोखिमीमा परेको स्थानीय छबिलाल भट्टराईले बताउनुभयो ।

उहाँले भन्नुभयो – “सबै नेता तथा कार्यकर्ता निर्वाचनमा होमिएका छन् तर हामीलाई भने पहिरोे जाने डरले रातदिन पिरोलेको छ । वडा नं– ३ का अधिकांश चुरे पहाड चिरा परेका र बताह खोलाको दुबै किनारमा तीनसय पचास रोपनी पहाड पनि धसिएको छ ।”

पहिरो विस्तारै खस्यो भने त त्यति क्षति नहोला । तर, एकैपटक पहाडै खस्यो भने ठूलो जनधनको क्षति हुनेमा स्थानीयवासीे चिन्तित छन् ।

साविक टाँडी र रमितेखोला गाविसको चुरेक्षेत्र अघिल्लो वर्ष गएको भूकम्पले चिरा परेको हो । पहिरो खसे खहरे खोला थुनिने स्थानीय तीर्थ लिम्बूले बताउनुभयो ।

बर्राबोटेको पहिरो खसेर बताह खोला थुनिएमा मिक्लाजुङ २, ३ र ६ वडाको अधिकांश भाग बगाउने आशंका बढेको छ । पहिरोले उक्त क्षेत्रको धोबिनी बजार पनि जोखिममा रहेको छ । पहिरो नियन्त्रण पहल समितिका संयोजक मानबहादुर श्रेष्ठका अनुसार मिक्लाजुङको पहाडी क्षेत्रमा दर्जन भन्दा बढी स्थान पहिरोको जोखिमीमा छन् । उहाँका अनुसार बर्राबोटे बताह, सिम्ले फेदाफे, जातिफुला, लइखहरे, बाजविरे, नमस्ते, गौथली, धेमे, दिवालिटारसम्मका भागमा पहिरो जाने स्थितिमा छ ।

पहिरो गए चुरे क्षेत्रबाट बग्ने बताह, साखरे र नुनसरी खोला थुनिनसक्छ । पहिरो खसेर अहिले पनि बताह खोलाको अधिकांश स्थान थुनिएको छ । पहिरो नियन्त्रणका लागि जल उत्पन्न प्रकोप डिभिजन कार्यालयदेखि मन्त्रालयसम्म पहल गर्दा पनि सुनुवाइ नभएको श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘समग्र विकासका लागि तिनै तहमा कम्युनिष्ट सरकार आवश्यक छ’– नेता पोखरेल
‘समग्र विकासका लागि तिनै तहमा कम्युनिष्ट सरकार आवश्यक छ’– नेता पोखरेल
दुर्घटनामा दुईको मृत्यु, तीन घाइते
दुर्घटनामा दुईको मृत्यु, तीन घाइते
एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक व्यवहारका विषयमा अभिमुखीकरण आयोजना गर्ने
एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक व्यवहारका विषयमा अभिमुखीकरण आयोजना गर्ने
समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा
समानुपातिकमा कांग्रेसभन्दा एमाले ७ हजारले बढी, विवेकशील सातौं स्थानमा
अलमलमै मेलम्ची : ठेकेदारको घरि काम छोड्ने धम्कीपत्र, घरि काम शुरु गर्ने पत्र
अलमलमै मेलम्ची : ठेकेदारको घरि काम छोड्ने धम्कीपत्र, घरि काम शुरु गर्ने पत्र
भ्रमण वर्षमा आउने पर्यटक तान्दै ‘रक गार्डेन’
भ्रमण वर्षमा आउने पर्यटक तान्दै ‘रक गार्डेन’
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
थाइल्याण्डकी पूर्व प्रधानमन्त्री शिनावात्रा देश छोडेर भागिन्
‘समयमा उपचार नगरेरै बिग्रिन्छन् आँखा’
‘समयमा उपचार नगरेरै बिग्रिन्छन् आँखा’
मसाज सेन्टरमा अवैध धन्दा ! ३० मिनेटपछि युवती सोध्छिन् एक्स्ट्रा…
मसाज सेन्टरमा अवैध धन्दा ! ३० मिनेटपछि युवती सोध्छिन् एक्स्ट्रा…
रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, अर्बौंको क्षति
रौतहटमा बाढीबाट मृत्यु हुनेको संख्या ११ पुग्यो, अर्बौंको क्षति