प्रधानमन्त्रीले बोलाए डा. केसीको माग सम्बोधन गर्न बैठक
सारांश
- काठमाडौं ।
- १९ दिनदेखि अनसनरत डा.
- गोविन्द केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका छन् ।
काठमाडौं । १९ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बैठक बोलाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको बैठकमा अहिले चिकित्सा शिक्षा विधेयक हेरिरहेको संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिअन्तर्गतको कार्यदल, समितिकी सभापति रञ्जु झा, शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री, गिरिराजमणि पोखरेल, पूर्व स्वास्थ्य मन्त्री गगन थापा, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, स्वास्थ्य सचिव किरण रेग्मीलाई प्रधानमन्त्रीले बोलाएक छन् ।
यस्तै बैठकमा केदारभक्त माथेमा कार्यदलका सदस्यहरूलाई बोलाएर कसरी निर्णय गर्ने भएक छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया