संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २६, २०८०
|
|
५१ पटक हेरिएको
Shares
संसद्ले अनुभवी नेता गुमायो : अध्यक्ष तिमिल्सिना

सारांश

  • काठमाडौं ।
  • राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले आफू मर्माहत भएको भएको बताएका छन् ।
  • आज शोक वक्तव्य जारी गर्दै उनले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै संसद्ले एक अनुभवी, असल र तथा राष्ट्रले एक सिद्धान्तनिष्ठ, देशभक्त इमान्दार नेता गुमाएको उल्लेख गरे ।

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानसभाका अध्यक्ष, पूर्वसभामुख एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनले आफू मर्माहत भएको भएको बताएका छन् ।

आज शोक वक्तव्य जारी गर्दै उनले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै संसद्ले एक अनुभवी, असल र तथा राष्ट्रले एक सिद्धान्तनिष्ठ, देशभक्त इमान्दार नेता गुमाएको उल्लेख गरे ।

“२०६२/६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा उनले खेलेको नेतृत्वदायी भूमिकाको मुलुकले सधैँ स्मरण गरिरहने छ”, जारी शोक वक्तव्यमा भनिएको छ, “नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन उनको महत्त्वपूर्ण भूमिका थियो ।”

अध्यक्ष तिमिल्सिनाले नेता नेम्वाङको सुझबुझपूर्ण ढङ्गले सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरुपण गर्ने शैली सबैका लागि अनुशरणयोग्य रहेको बताएका छन् । उनको आज त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा १ः४० बजे हृदयघातका कारणले निधन भएको हो ।

(gravityhair.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति
समृद्ध नेपाल निर्माणमा सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका : उपराष्ट्रपति
बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने
बहराइन राजपरिवारका सदस्यसहितको टोलीले सगरमाथा आरोहण गर्ने
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
नहेरे पछि परिन्छ यी हुन् २०१८ का पाँच उत्कृष्ट विदेशी फिल्म
‘माइकल अधिकारी’ को प्रिमिएर हेर्न राजनीति दलका नेतादेखि कलाकारसम्मको भीड
‘माइकल अधिकारी’ को प्रिमिएर हेर्न राजनीति दलका नेतादेखि कलाकारसम्मको भीड
ट्रम्पसँग असहमत हुँदै अमेरिकी रक्षामन्त्रीद्वारा राजीनामा
ट्रम्पसँग असहमत हुँदै अमेरिकी रक्षामन्त्रीद्वारा राजीनामा
साउदी जेलका बन्दी राईलाई छुटाउन प्रधानमन्त्री ओलीले गरे ३० लाख हस्तान्तरण
साउदी जेलका बन्दी राईलाई छुटाउन प्रधानमन्त्री ओलीले गरे ३० लाख हस्तान्तरण
Sixteen Greatest Get together Websites That you should Use Totally free
सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री
सरकारका काम सबै डिजिटल प्रणालीमा लगिन्छ : अर्थमन्त्री
सुन्तला उत्पादनमा वृद्धि हुुँदा किसान उत्साहित
सुन्तला उत्पादनमा वृद्धि हुुँदा किसान उत्साहित
सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता
सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता