छुवाछुत नैतिक भ्रष्टाचार हो : प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
३९ पटक हेरिएको
Shares
छुवाछुत नैतिक भ्रष्टाचार हो : प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौँ २१ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नेपालीलाई जातीय छुवाछूत र भेदभावविरुद्व दृढतापूर्वक उभिन आह्वान गरेका छन् ।
  • हरेक वर्ष जेठ २१ लाई जातीय छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउने गरिएको छ ।
  • आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामनामा सबै नेपाली एक भएर लागेमा छुवाछूत प्रथा पनि विगतका दास प्रथा, सतीप्रथा, कमैया प्रथाजस्तै सधैँको लागि समाप्त हुने बताएका छन् ।

काठमाडौँ २१ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नेपालीलाई जातीय छुवाछूत र भेदभावविरुद्व दृढतापूर्वक उभिन आह्वान गरेका छन् । हरेक वर्ष जेठ २१ लाई जातीय छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउने गरिएको छ ।

आज जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामनामा सबै नेपाली एक भएर लागेमा छुवाछूत प्रथा पनि विगतका दास प्रथा, सतीप्रथा, कमैया प्रथाजस्तै सधैँको लागि समाप्त हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले २०६३ जेठ २१ गते तत्कालीन संसद्ले नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरेको स्मरण गर्दै, ‘राज्यको कानुन, सभ्य समाज, मानवता र आधुनिक राष्ट्रका लागि जातीय छुवाछूत गम्भीर चुनौती हो । छुवाछूत सामाजिक र नैतिक भ्रष्टाचार तथा मानवीय गरिमा विरुद्धको अपराध हो, छुवाछूत गर्नेलाई उन्मुक्ति दिइने छैन र यो हाम्रो प्रतिबद्धता हो ।’

उहाँले नेपालको संविधानको प्रस्तावनामै सबै प्रकारका जातीय छूवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समतामूलक समाजनिर्माण गर्ने संकल्प गरिएको बताए । नेपालमा २०६८ साल जेठ २१ देखि जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ ।

प्रधानमन्त्री ओलीले दलितको हकअन्तर्गत दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थाको प्रत्याभूति संविधानले गरेको भन्दै संविधान कार्यान्वयन हुने क्रममा भएको स्थानीय तहको निर्वाचनबाट दलित समुदायको प्रतिनिधित्व २२ प्रतिशत पुगेको बताउन पाउँदा आफूले खुसी महसुस बताएका छन् ।

(hotcanadianpharmacy.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?