नेपालमा २० फन्का लगाएर कतार एअरवेजको विमान बंगलादेश डाइभर्ट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १९, २०७८
|
|
३४ पटक हेरिएको
Shares
नेपालमा २० फन्का लगाएर कतार एअरवेजको विमान बंगलादेश डाइभर्ट

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि नेपालको आकाशमा २० फन्का लगाएको कतार एअरवेजको जहाज बङ्गलादेश डाइभर्ट भएको छ ।
  • त्रिभुवन विमानस्थलमा भइरहेको परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ का कारण जहाजले बारा र ललितपुरको आकाशमाथि २० फन्का लगाएको थियो ।
  • त्यत्तिञ्जेल पनि अवतरणको पालो नआएपछि जहाज बङ्गलादेशको ढाका पुगेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि नेपालको आकाशमा २० फन्का लगाएको कतार एअरवेजको जहाज बङ्गलादेश डाइभर्ट भएको छ ।

त्रिभुवन विमानस्थलमा भइरहेको परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ का कारण जहाजले बारा र ललितपुरको आकाशमाथि २० फन्का लगाएको थियो । त्यत्तिञ्जेल पनि अवतरणको पालो नआएपछि जहाज बङ्गलादेशको ढाका पुगेको छ ।

दोहाबाट काठमाण्डौ आएको जहाज दिउँसो २ बजेर ३५ मिनेटमा अवतरण गर्ने तालिका थियो । आजै कतारबाटै आएको अर्को जहाजले पनि १७ फन्का लगाएर काठमाण्डौमा अवतरणको अनुमति पाएको थियो ।

क्यालिब्रेशन फ्लाइटका कारण अरू अन्तर्राष्ट्रिय र आन्तरिक उडान पनि प्रभावित भएका छन् । अहिले विमानस्थलमा जहाजको उडान र अवतरण सुरु भइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?