संदीपले ४ विकेट लिएपनि नेपाल बंगलादेशसँग पराजित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
४० पटक हेरिएको
Shares
संदीपले ४ विकेट लिएपनि नेपाल बंगलादेशसँग पराजित

सारांश

  • काठमाडौं, १७ कार्तिक।
  • अभ्यास खेलका लागि बंगलादेशमा रहेको नेपाली यु-१९ टिम पहिलो खेलमा बंगादेश यु – १९ सँग तीन विकेटले  पराजित भएको छ।
  • बिहीबार टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारत ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५३ रन मात्रै बनायो।

काठमाडौं, १७ कार्तिक। अभ्यास खेलका लागि बंगलादेशमा रहेको नेपाली यु-१९ टिम पहिलो खेलमा बंगादेश यु – १९ सँग तीन विकेटले  पराजित भएको छ। बिहीबार टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारत ५० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५३ रन मात्रै बनायो। प्रतिउत्तर ब्याटिङ गरेको बंगलादेशले ३९ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको थियो ।

एसिसि यु १९ युथ कपको तयारीको सिलसिलामा बंगलादेशको भ्रमणमा रहेको नेपाली टोलीले शनिबार र आइतबार थप दुई अभ्यास म्याच खेल्ने छ। प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, बंगलादेश र भारत सो प्रतियोगिताको समूह ए मा रहेको छ।

नेपाली खेलाडी संदीप लामिछानेले चार विकेट लिएपनि बंगलादेशलाई जीतबाट रोक्न पर्‍याप्त भएन। बंगलादेशी ओपनर नाइम शेखले ८ चौका मद्दतले ६५ बलमा ५३ रन बनाए। उनलाई लामिछाने आउट गरे ।

अर्को ओपनर पिनाक घोषले ९ बलमा १४ रन बनाए। अर्का बंगलादेशी ब्याट्सम्यान तोविद ह्रिदलीले ६६ बलमा अविजित ४८ रन बनाए। उनको एक छक्का र तीन चौका प्रहार गरेका थिए।

लामिछानेले अफिफ हुसैन र मोहम्मद रकिबलाई ३-३ रनमा आउट गर्दै टिमलाई खेलमा फर्काउने कोसिस गरेको थिए । उनले दुई ब्याट्सम्यानहरु शुन्यमा आउट भए। तर काजी इस्लामले १५ बलमा १८ रन बनाउँदै बंगलादेशलाई विजयी बनाए।

विकेट लिने अन्य नेपाली खेलाडीमा शहव अस्लाम र पवन सर्राफ रहे। उनीहरु दुवैले एक एक विकेट लिए।

खेलमा नेपालको शुरुवात राम्रो हुन सकेन। नेपालका सन्दीप सुनार एक रन बनाएर आउट भए तर अर्का ओपनर मोहम्मद असिफ शेखले ७७ बलमा ३२ रन बनाए। उनले तीन चौका प्रहार गरेका थिए। त्यसैगरी अनिलकुमार साह र कप्तान दीपेन्द्रसिंह ऐरीले १८ र १६ रन बनाए।

बाँकी दुई खेल शनिबार र आइतबार खेल्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्दामा देखिने संस्कारी बुहारीको होस उडाउने अन्दाज
पर्दामा देखिने संस्कारी बुहारीको होस उडाउने अन्दाज
एमालेले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, अधिकाशं नयाँ अनुहार (नामावलीसहित)
अमेरिका लैजाने भन्दै पीडितलाई नै बिचौलिया बनाएर अढाई करोड ठगी
अमेरिका लैजाने भन्दै पीडितलाई नै बिचौलिया बनाएर अढाई करोड ठगी
‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’ …सिको गर्दै गाउँपालिका बैठक
‘हुन्छ भन्नेले हुन्छ भन्नुहोस्’ …सिको गर्दै गाउँपालिका बैठक
प्रेमिकाको हत्यापछि अस्ट्रेलियामा नेपालीले गरे आत्महत्या
प्रेमिकाको हत्यापछि अस्ट्रेलियामा नेपालीले गरे आत्महत्या
सुन तस्करीको खोजी भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोको दाबी..
सुन तस्करीको खोजी भइरहेको केन्द्रीय अनुसन्धान ब्युरोको दाबी..
‘विकास बजेट कटौती नगरियोस्’
‘विकास बजेट कटौती नगरियोस्’
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग
पल शाहविरुद्ध तनहुँमा पनि बलात्कार मुद्दा, मतियार बनेको भन्दै म्यानेजर जोशीलाई पनि आधा सजाय माग
भदौ १४ मा मिलन चाम्सको ‘वर एण्ड वधु’
भदौ १४ मा मिलन चाम्सको ‘वर एण्ड वधु’
१५ दिने शिसुसहित दर्जनौं स्थानीयवासी नियन्त्ररणमा
१५ दिने शिसुसहित दर्जनौं स्थानीयवासी नियन्त्ररणमा