घोराही उपमहानगरद्वारा पत्रकार बुढाथोकी, गौतम र घर्ती सम्मानित र पुरस्कृत

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
घोराही उपमहानगरद्वारा पत्रकार बुढाथोकी, गौतम र घर्ती सम्मानित र पुरस्कृत

सारांश

  • दाङ, १५ माघ ।
  • दाङको घोराही उपमहानगरपालिकाले आफ्नो ४० औं स्थापना दिवसको अवसरमा इन्द्रेणी अनलाइन डटकमका सम्पादक केशरमान बुढाथोकीलाई सम्मान एवं पुरस्कृत गरेको छ ।
  • अनलाइन पत्रकारिताका माध्यमबाट उपमहानगरपालिकाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै नगरवासीलाई सूसुचित गर्दै महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्पादक बुढाथोकीलाई सम्मान एवं पुरस्कृत गरेको हो ।

दाङ, १५ माघ । दाङको घोराही उपमहानगरपालिकाले आफ्नो ४० औं स्थापना दिवसको अवसरमा इन्द्रेणी अनलाइन डटकमका सम्पादक केशरमान बुढाथोकीलाई सम्मान एवं पुरस्कृत गरेको छ । अनलाइन पत्रकारिताका माध्यमबाट उपमहानगरपालिकाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै नगरवासीलाई सूसुचित गर्दै महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्पादक बुढाथोकीलाई सम्मान एवं पुरस्कृत गरेको हो ।

स्थापना दिवसको अवसरमा आज उपमहानगरपालिकाको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश संसाद अमरबहादुर डाँगी, मेयर नरुलाल चौधरीलगायतले सम्पादक बुढाथोकीलाई प्रसंशापत्र र नगदसहित सम्मान गरेका थिए ।

यसैगरी छापा माध्यमको पत्रकारिताका माध्यमबाट योगदान पु¥याएको भन्दै गोरक्ष दैनिकका प्रकाशक सुलोचना गौतम र विद्युतीय माध्यमबाट योगदान पु¥याएको भन्दै रेडियो मध्यपश्चिमकी विमला घर्तीलाई सम्मानित एवं पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?