नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १०, २०७६
|
|
२३ पटक हेरिएको
Shares
नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्ने

सारांश

  • काठमाडाैं।
  • नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ ।
  • नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खेल्न लागेको हो।

काठमाडाैं। नेपालले टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खेल्न लागेको हो। उक्त विश्वकपमा १६ राष्ट्र सहभागी हुनेछन्।

अष्ट्रेलियामा यसै वर्ष टी–२० विश्वकप क्रिकेट हुँदैछ । सो प्रतियोगिताको  पुछारमा रहने चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीसँगै नेपाल, संयुक्त अरब इमिरेटस् (युएई), हङकङ र जिम्बाबेले सोझै ग्लोबल छनोट खेल्न पाउने अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसीसी) ले जनाएको छ । ग्लोबल छनोट प्रतियोगिता सन् २०२१ को मार्चदेखि जुलाईसम्म सञ्चालन हुनेछ ।

टी–२० क्रिकेटको अन्तर्राष्ट्रिय बरियताका आधारमा नेपालसहितका चार देशलाई सोझै ग्लोबल छनोट खेल्न अनुमति दिइएको हो । टी–२० क्रिकेटको विश्व बरियतामा हाल नेपाल १२औँ स्थानमा छ । यस्तै जिम्बावे ११औँ, युएई १५औँ तथा हङकङ २०औँ स्थानमा छ । उक्त ग्लोबल छनोटमा सहभागी १६ देशमध्ये शीर्ष स्थानका रहने चार टोलीले सन् २०२१ को टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । टी–२० विश्वकपको गत संस्करणमा नेपाल क्षेत्रीय छनोटमा पराजित भए पछि ग्लोबल छनोटसम्म पुग्न सकेको थिएन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेठ ७ गते बुधबारको राशिफल यस्तो छ
जेठ ७ गते बुधबारको राशिफल यस्तो छ
राप्रपा नेपालका अध्यक्ष कमल थापा मकवानपुर–१ बाट उम्मेदवारमा सिफारिस
कांग्रेस प्रवक्ता शर्माको नयाँ प्रधानमन्त्री ओलीलाई चेतावनी शैलीको सुझाव
कांग्रेस प्रवक्ता शर्माको नयाँ प्रधानमन्त्री ओलीलाई चेतावनी शैलीको सुझाव
रच्ला नेपालले इतिहास ? पुग्ला पहिलो पटक फाईनल ?
रच्ला नेपालले इतिहास ? पुग्ला पहिलो पटक फाईनल ?
सांसद लामाले गाउँलेलाई दिए ५ वटा एम्बुलेन्स
सांसद लामाले गाउँलेलाई दिए ५ वटा एम्बुलेन्स
प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता
प्रधानमन्त्री दाहालसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेटवार्ता
कपिलवस्तुमा सुनौला हजार दिने संचार अभियान प्रभावकारी वन्दै
कपिलवस्तुमा सुनौला हजार दिने संचार अभियान प्रभावकारी वन्दै
मकवानपुरमा बस दुर्घटना
मकवानपुरमा बस दुर्घटना
राज्यले गोबिन्दको वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं:खड्का
राज्यले गोबिन्दको वालवालिकालाई हेरेन भने पढाउने जिम्मा हामी लिन्छौं:खड्का
मुख्यमन्त्रीसँग लन्डन गएका पत्रकारले होटलको काँटाचम्चा चोरेपछि…
मुख्यमन्त्रीसँग लन्डन गएका पत्रकारले होटलको काँटाचम्चा चोरेपछि…

तपाईंले छुटाउनुभयो कि?