किन परिवर्तन भयो रबिन्द्र मिश्रको पार्टीको नाम !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १५, २०७६
|
|
५२ पटक हेरिएको
Shares
किन परिवर्तन भयो रबिन्द्र मिश्रको पार्टीको नाम !

सारांश

  • काठमाडौं ।
  • रविन्द्र मिश्र नेतृत्वको दलको नाम परिवर्तन गरिएको छ ।
  • मिश्रको संयोजकत्वमा रहेको विवेकशील साझा पार्टीले आफ्नो पार्टीको नाम परिवर्तन गरेको हो।

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको दलको नाम परिवर्तन गरिएको छ । मिश्रको संयोजकत्वमा रहेको विवेकशील साझा पार्टीले आफ्नो पार्टीको नाम परिवर्तन गरेको हो।

अब पार्टीको नाम परिवर्तन गर्दै ‘साझा विवेकशील पार्टी’ राखिएको प्रवक्ता सूर्यराज आचार्यले जनाएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकका प्रमुख ८ बुँदे निर्णयहरूमा पार्टीको नाम परिवर्तन पनि रहेको छ।

पार्टीका प्रवक्ता आचार्यद्धारा जारी विज्ञप्तिमा पार्टीबाट छुट्टिएर गएका साथीहरूले पनि ‘विवेकशील’ शब्द प्रयोग र जनमानसमा अन्योल उत्पन्न भएको भन्दै पार्टीको नाम परिवर्तन गरेको उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?