१३ औंँ सागः पोखरामा धनुकाण शुरु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १९, २०७६
|
|
२४ पटक हेरिएको
Shares
१३ औंँ सागः पोखरामा धनुकाण शुरु

सारांश

  • पोखरामा जारी १३ आँैं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आजदेखि पोखरामा धनुकाण खेल शुरु भएको छ ।
  • पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएपछि आज उक्त खेलको उद्घाटनसहित अभ्यास खेल शुरु भएको नेपाल आर्चरी सङ्घका केन्द्रीय वरष्ठ उपाध्यक्ष वसन्त थकालीले बताउनुभयो ।
  • यही मङ्सिर २३ गतेसम्म चल्ने उक्त खेलको उद्घाटन १३ औंँ साग स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति पोखराका सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मीले गर्नुभयो ।

पोखरामा जारी १३ आँैं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत आजदेखि पोखरामा धनुकाण खेल शुरु भएको छ । पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएपछि आज उक्त खेलको उद्घाटनसहित अभ्यास खेल शुरु भएको नेपाल आर्चरी सङ्घका केन्द्रीय वरष्ठ उपाध्यक्ष वसन्त थकालीले बताउनुभयो ।
यही मङ्सिर २३ गतेसम्म चल्ने उक्त खेलको उद्घाटन १३ औंँ साग स्थानीय व्यवस्थापन तथा सहजीकरण समिति पोखराका सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य मोहन रेग्मीले गर्नुभयो । आजदेखि ¥याङकिङ राउण्ड शुरु हुने भनिए पनि पाकिस्तान प्रतियोगितामा सहभागी नभएकाले शुक्रबारदेखि सो राउण्ड शुरु हुने भएको छ ।
प्रतियोगितामा नेपालसहित भुटान, श्रीलङ्का र बङ्गलादेश सहभागी छन् । भुटानका नौ तथा अन्य तीन देशका १६÷१६ खेलाडी प्रतियोगितामा सहभागी हुनेछन्् । टिम रिकर्भ (७० मिटर) महिला पुरुष, एकल रिकर्भ, महिला तथा पुरुष र मिक्स रिकर्भ गरी पाँच स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । त्यसै गरी कम्पाउण्ड (५० मिटर) महिला तथा पुरुष, कम्पाउण्ड एकल महिला तथा पुरुष र मिक्सतर्फ पाँच स्वर्ण गरी जम्मा १० स्वर्ण पदकका लागि ५७ खेलाडी प्रतिस्पर्धामा उत्रिने भएका हुन् । प्रतियोगितामा सहभागी खेलाडीको विश्व आर्चरी महासङ्घले ¥याङकिङ गर्ने भएको छ । (तस्वीर उपलब्ध छ)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?