भारतीय प्रधानमन्त्री मोदीलाई पाकिस्तानी आकाश प्रतिबन्ध !
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो एयरस्पेस प्रयोग गर्ने अनुमति दिन पाकिस्तानले अस्वीकार गरिदिएको छ ।
- पाकिस्तानले अडान लिदै आफ्नो एयरस्पेस भारतका प्रधानमन्त्रीका लागि अनुमति दिन नसकिने जनाएको छ ।
- प्रधानमन्त्री मोदी सेप्टेम्बर २१ मा अमेरिका जाँदै छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो एयरस्पेस प्रयोग गर्ने अनुमति दिन पाकिस्तानले अस्वीकार गरिदिएको छ । पाकिस्तानले अडान लिदै आफ्नो एयरस्पेस भारतका प्रधानमन्त्रीका लागि अनुमति दिन नसकिने जनाएको छ । प्रधानमन्त्री मोदी सेप्टेम्बर २१ मा अमेरिका जाँदै छन् । अमेरिकामा मोदी ‘हाउडी मोदी’ कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
भारतले मोदीको भ्रमणको क्रममा पाकिस्तानी एयरस्पेस प्रयोगका लागि अनुरोध गरेको थियो । तर पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरैशीले कश्मीरको अवस्था देखेर मोदीलाई अनुमति दिन नसकेको बताएका छन् । पाकिस्तानी विदेशमन्त्रीका अनुसार भारतीय उच्चायोगलाई मोदीका लागि आफ्नो मुलुकको एयरस्पेस प्रयोग गर्न अनुमति नदिने अवगत गराइ सकिएको छ । यसअघि पाकिस्तानले भारतीय राष्ट्रपति रामनाथ कोविदको उडानका लागि पनि आफ्नो एयरस्पेस उपलव्ध गराएको थिएन ।
प्रतिक्रिया