पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद नदिए एमालेसँग एकता हुँदैन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
२८ पटक हेरिएको
Shares
पार्टी अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद नदिए एमालेसँग एकता हुँदैन

सारांश

  • काठमाडौं, पुस १८ ।
  • माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद नदिए एमालेसँग पार्टी एकता नहुने बताएका छन् ।
  • मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले एमालेले सबै आफूमात्रै हुन्छु तपाई आउनुस् भनेको खण्डमा पार्टी एकता नहुने जिकिर गरे ।

काठमाडौं, पुस १८ । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफ्नो पार्टीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद नदिए एमालेसँग पार्टी एकता नहुने बताएका छन् ।

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता पौडेलले एमालेले सबै आफूमात्रै हुन्छु तपाई आउनुस् भनेको खण्डमा पार्टी एकता नहुने जिकिर गरे ।

उनले भने, ‘सबै म मात्रै भन्यो भने पार्टी एकता हुँदैन, जनादेशलाई स्वीकार गर्नुपर्छ, राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, र पार्टी अध्यक्ष र संसदीय दलको नेतासहित सबै पद एउटै पार्टीले दिने हो भने त्यसको के महत्व हुन्छ ? त्यो भनेको विलय गर्नु हो, तर माओवादी र एमालेको सांगठनिक धरातल एउटै छ, एकता गर्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार र पार्टीमध्ये एउटा जिम्मेवारी लिनुपर्छ, छोडेको प्रचण्डले जिम्मा लिनुहुन्छ ।’

साक्षात्कारमा बोल्दै नेता पौडेलले माओवादी र एमालेबीचमा भएको सम्झौताको आधारमा अघि नबढे मुलुकको समृद्धि सम्भव नरहेको स्पष्ट पा रे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?