दिनको ५ जना बाकसमा फर्कन्छन् विमानस्थलमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १३, २०७५
|
|
२४ पटक हेरिएको
Shares
दिनको ५ जना बाकसमा फर्कन्छन् विमानस्थलमा

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन पाँचवटा शव आइपुगे।
  • चारवटा मलेसियाबाट आएका थिए भने एउटाचाहिँ कतारबाट।
  • वैदेशिक रोजगारीमा गएका तर कफिनमा फर्किएका यी पाँचमध्ये एक थिए, आइतसिंह गोले।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार एकैदिन पाँचवटा शव आइपुगे। चारवटा मलेसियाबाट आएका थिए भने एउटाचाहिँ कतारबाट।

वैदेशिक रोजगारीमा गएका तर कफिनमा फर्किएका यी पाँचमध्ये एक थिए, आइतसिंह गोले। मलेसियामा विषाक्त रक्सी सेवनले असोज ९ मा मृत्यु भएका ६ मध्ये आइतसिंह एक थिए।

आठ वर्षअघि मलेसिया गएका पति नफर्किएपछि पत्नी डोल्मामाया आफैँ चार वर्षअघि त्यहाँ गएकी थिइन्।  सर्लाही हिरापुर–९ का आइसिंह अवैध कामदारका रूपमा बसेका थिए।

डोल्मा वैध रूपमा बसेकी थिइन्। केहीअघि नेपाल फर्किएकी उनी पुनः एक महिनाअघि मलेसिया पुगेकी थिइन्। गोले दम्पतीका १७ र १५ वर्षका छोरी र १० वर्षका छोरा छन् छन्। शव सर्लाही लगेर अन्त्येष्टि गरेपछि डोल्मा फेरि मलेसिया जाने योजानामा छिन्।

‘कम्पनीले २५ दिनको विदा दिएको छ’, उनले भनिन्, ‘श्रीमानको काम सकेपछि फर्किन्छु। बच्चाहरूको जिम्मेवारी मेरो काँधमा छ।

नाम्काकोट–५ नवलपरासीका ३० वर्षीय दुर्गासि‌ंह रानाको शव पनि बिहीबार आइतसिंहको शव आएको थाइ एअरवेजको त्यही उडानबाट आइपुगेको थियो।

आजको कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त
अमेरिकी नौसेनाको बिमान प्रशिक्षणको क्रममा दुर्घटनाग्रस्त
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
नेपाल प्रहरीका डिएसपी केसीसेवाबाट बर्खास्त
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
प्रधानमन्त्री कार्यालयको ट्वीटर एकाउन्ट पुनः सञ्चालन
प्रधानमन्त्री कार्यालयको ट्वीटर एकाउन्ट पुनः सञ्चालन
Bibeksheel Sajha grieves over Mishra’s demise
Bibeksheel Sajha grieves over Mishra’s demise
नेपाल पत्रकार महासंघको अध्यक्षमा बिडारी
नेपाल पत्रकार महासंघको अध्यक्षमा बिडारी
हिमाली क्षेत्रमा जाडो बढ्यो, डोल्पाको माथिल्लो भेगका प्रहरी चौकी सदरमुकाम सरे
हिमाली क्षेत्रमा जाडो बढ्यो, डोल्पाको माथिल्लो भेगका प्रहरी चौकी सदरमुकाम सरे
किन मोदीको भ्रमण प्राथमिकतामा परेन नेपाल ?
किन मोदीको भ्रमण प्राथमिकतामा परेन नेपाल ?
यी सुन्दर शिक्षिकाको साइड जबबारे खुलासा हुँदा विद्यालयमा हंगामा
यी सुन्दर शिक्षिकाको साइड जबबारे खुलासा हुँदा विद्यालयमा हंगामा
बाग्लुङमा जीप आठ सय मिटर तल खस्यो : ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर
बाग्लुङमा जीप आठ सय मिटर तल खस्यो : ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर

तपाईंले छुटाउनुभयो कि?