ग्रामीण पर्यटन विकासको आधार : होमस्टे (घरबास)

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ८, २०७५
|
|
२८ पटक हेरिएको
Shares
ग्रामीण पर्यटन विकासको आधार : होमस्टे (घरबास)

सारांश

  • गणेश शाक्य विभिन्न देशहरुमा विभिन्न प्रकारका आर्थिक विकासका स्रोतहरु विद्यमान रहेका हुन्छन् ।
  • नेपालको सन्दर्भमा भन्ने हो भने कृषि, पर्यटन र जलस्रोतलाई प्रमुख आर्थिक विकासको स्रोतको रुपमा हेरिन्छ ।
  • यी तीन स्रोतहरुमध्ये आर्थिक विकासको लागि पर्यटन सबैभन्दा छिटोछरिटो पहुँच मानिन्छ ।

गणेश शाक्य

विभिन्न देशहरुमा विभिन्न प्रकारका आर्थिक विकासका स्रोतहरु विद्यमान रहेका हुन्छन् । नेपालको सन्दर्भमा भन्ने हो भने कृषि, पर्यटन र जलस्रोतलाई प्रमुख आर्थिक विकासको स्रोतको रुपमा हेरिन्छ । यी तीन स्रोतहरुमध्ये आर्थिक विकासको लागि पर्यटन सबैभन्दा छिटोछरिटो पहुँच मानिन्छ । फलस्वरुप, विगत केही दशक यता नेपालमा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकताका साथ राज्य, संघसंस्था तथा व्यक्ति विशेषले समेत चासो लिएको देखिन्छ ।

विश्व पर्यटनको कुरा गर्नुपर्दा पर्यटन व्यवसायले विश्वभरिका सम्पूर्ण रोजगारी सिर्जना गर्ने क्रममा १०ः१ को अनुपातमा बेरोजगारी कम गर्ने अवसर प्रदान गरेको आँकलन छ । यसैगरी, विश्वको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ९.८ प्रतिशत रहेको सन् २०१५ को तथ्यांकले देखाएको छ । सोही तथ्यांक अनुसार यस क्षेत्रबाट ७.२ अरब अमेरिकन डलर आयआर्जन गर्न सफल भएको देखाइएको छ । पर्यटन क्षेत्रमा भइरहेको निरन्तर विकासको हिसाबले हाल यस क्षेत्रको योगदान (रोजगारी सिर्जना र आयआर्जनतर्फ) सन् २०१५ को तथ्यांकले देखाएको अंक भन्दा बढी हुने सहजै अनुमान लगाउन सकिन्छ । हिजोआज जापान, कोरिया, मलेशिया, भियतनाम, भारत, द.अफ्रिका लगायत विश्वका विभिन्न स्थानहरुमा होमस्टे व्यवसाय दिन प्रतिदिन फस्टाउँदै गइरहेको अवस्था छ ।

यसरी, पर्यटन क्षेत्रको कुरा गर्दैगर्दा नेपालमा पनि पर्यटन क्षेत्रलाई अझ व्यापकता दिनुपर्ने भन्ने कुरामा बहस भएको आभास हुन थालेको छ । यो सकारात्मक सोच हो । नेपालको पर्यटन विकासको लागि चालिएका विभिन्न कदमहरुमध्ये होमस्टे विकास पनि एक हो । दुई दशक अगाडि अर्थात वि.सं. २०५४ सालदेखि नेपालमा होमस्टेको अवधारणा आएको देखिन्छ । सेवानिवृत क्याप्टेन रुद्रमान गुरुङले स्याङ्जा जिल्लाको सिरुवारीमा पहिलोपल्ट होमस्टे शुरु गरेका थिए । उक्त होमस्टेको सिको गर्दै लमजुङ जिल्लाको उत्तरकन्या गा.वि.स.स्थित घलेगाउँ हुँदै हाल यो होमस्टे व्यवसाय देशव्यापी रुपमा विस्तार हुँदै गइरहेको छ । फलस्वरुप, अहिले देशभर यसको संख्या करिव २०० को हाराहारीमा छन् भने अझै बढ्दै जाने निश्चित प्रायः छ । होमस्टेको विस्तार हुनुको साथसाथै यसको प्रबद्र्धनका लागि सरकारको तर्फबाट विभिन्न नीति तथा कार्यक्रममार्फत सम्बोधन गर्ने प्रयास भएको छ ।

वि.सं. २०६७ सालमा नेपाल सरकारले होमस्टे सञ्चालन कार्यविधि जारी गरी यसलाई अझ बढी व्यवस्थित गर्ने प्रयास भएको छ । यसको अतिरिक्त आ.व. २०७१÷७२ मा होमस्टे व्यवसायलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउने उद्देश्य अनुरुप होमस्टे (घरबास) एशोसिएसन, नेपाल खडा भएको छ ।

के हो होमस्टे (घरबास) ?
कुनै स्थानीयको घरमा देश विदेशबाट भ्रमणको सिलसिलामा आउने पर्यटकलाई घरबास र सेवा पु¥याएवापत केही रकम आर्जन गर्नु नै होमस्टे (घरबास) व्यवसायको सामान्य परिभाषा हो ।

नेपालमा होमस्टेको संख्यामा बृद्धि हुँदै जानु भनेको सकारात्मक पक्ष हो तर संख्यात्मक बृद्धि मात्र सफलता हैन । होमस्टेको दिगोपन कायम राख्न गुणात्मक पक्षमा पनि त्यत्तिकै जोड दिनुपर्ने हुन्छ । एकपल्ट बास बसिसकेका कुनै पर्यटकलाई पछि फेरि पनि आइरहूँ जस्तो हुने खालको वातावरण सिर्जना गर्ने कि “नेभर अगेन” भन्न लगाउने ? यो होमस्टे सञ्चालकको लागि गहन विषय हो ।

यदि, कुनै पर्यटकलाई फेरि फेरि पनि आफूकहाँ बस्न आउन आकर्षित पार्ने हो भने सञ्चालकले धेरै मेहनत गर्नुपर्ने हुन्छ । सर्वप्रथम त पर्यटकलाई सुरक्षाको भरपुर आभास दिलाउनु प¥यो । त्यसको लगत्तैपछि सरसफाई (सेनिटेसन)तर्फ विशेष ध्यान पु¥याउनु पर्ने हुन्छ । पर्यटक बस्ने कोठा, सुत्ने बिछ्यौना, पर्यटकले प्रयोग गर्ने स्नान कोठा, चर्पी, पाइखाना आदि २४ सै घण्टा अति सफासुग्घर र चुस्तदुरुस्त राख्नुपर्छ । यदि बास बसेको घरमा छिनछिनमा बिजुली र पानी अबरुद्ध भइरहन्छ भने पनि पर्यटक त्यो ठाउँमा बस्न रुचाउँदैन । यस विषयमा पनि सञ्चालक चनाखो हुनु अति जरुरी छ । आजभोलि इन्टरनेटको जमाना छ । त्यसैले इन्टरनेटको सुविधा दिनसके अझ राम्रो । पर्यटक कुन ठाउँबाट आउने हो त्यो ठाउँदेखि घरबास बस्नेसम्मको पहुँच सरल र सुलभ हुनुपर्छ । सके मोटर बाटो नसके आरामदायी पैदल बाटो भए पनि हुनैपर्छ ।

होमस्टे भनेकै पर्यटक सिधा स्थानीयको घरमा बास बस्ने भएकोले बास दिने परिवार र पर्यटकको सम्बन्ध सुमधुर हुनु पर्छ । आतिथ्य सत्कारमा कुनै कमी हुनु हुन्न । पर्यटकले चाहेको खण्डमा खाना पकाउने किचनमै पनि लाने, तरकारी केलाउन सहयोग गर्न चाहेको छ भने त्यो सुविधा पनि उपलव्ध गराउने वातावरण हुनु पर्छ । (यस प्रकारको अनुभव मैले जापानको ओइता प्रिफेक्चर भित्र ओयामास्थित होमस्टेमा अनुभव गर्ने मौका प्राप्त गरेको छु ।) यसप्रकारको सुविधा प्रदान गर्न सकेको खण्डमा होमस्टे व्यवसाय दिगो हुने छ भन्नेमा दुईमत नहोला । साथै, होमस्टे व्यवसायलाई व्यवस्थित एवं दिगोपना कायम गर्नको लागि राज्यको तर्फबाट पनि आप्mनो दायित्व निर्वाह गर्नुपर्छ । होमस्टे प्रवद्र्धनको लागि प्रदेश तथा स्थानीय निकायलाई सम्पूर्ण जिम्मा लगाउँदा उत्तम होला । राज्य आफै सक्रिय रुपमा सहभागी हुनु भन्दा सहजकर्ताको भूमिका निभाउदा बेश होला किनभने होमस्टे भनेकै ग्रामीण पर्यटन विकास हो । राज्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको मापदण्ड बनाई दिनुप¥यो र सो मापदण्डअनुसार चलेको छ छैन भन्ने विषयमा प्रभावकारी ढंगले अनुगमन गर्ने कार्य हुनुप¥यो । तसर्थ, यसको विकासको लागि प्रदेशको समन्वयमा स्थानीय समुदायलाई नै सक्रिय बनाउदा बुद्धिमत्ता होला ।

यदि देश प्रदेशको नियम कानुन, नीति नियमको परिधिभित्र रही होमस्टे प्रबद्र्धन गर्न सके यसबाट सिङ्गो राष्ट्रलाई नै समृद्धितर्फ दोह¥याउन मद्दत पुग्नेछ । साथै, देशमा व्याप्त शहरमुखी विकासलाई विकेन्द्रीकरणतर्फ दो¥याउन पनि हदैसम्मको मद्दत मिल्ने छ । यसबाहेक, होमस्टे पर्यटकको लागि स्थानीय धार्मिक, साँस्कृतिक, सामाजिक रीतिरिवाजबारे अध्ययन अवलोकन गर्ने अवसर प्राप्त गर्ने एउटा थलो बन्न सक्छ भने स्थानीयस्तरमा लुकेर बसेका कला संस्कृतिलाई बाहिरी जगतमा उजागर गर्न पनि सहयोग शिद्ध हुने छ ।

यी भए होमस्टेका केही नमूना सकारात्मक पक्षहरु । तर यसो भन्दै गर्दा यसको नकारात्मक पक्ष भनेको छँदै छैन भन्ने हैन । विभिन्न देश विदेशका पर्यटकहरु आई बस्दा त्यसबाट विकृति पनि फैलिन सक्ने ठुप्रै सम्भावनाहरु छन् । स्थानीयस्तरमा सुरक्षित तथा गोप्य राख्नुपर्ने कतिपय विषयवस्तुहरु बाहिर आउन सक्ने जोखिम छ । आजभोलि धर्म परिवर्तन जस्ता गहन विषय चर्चामा रहेको अवस्था छ । त्यसैगरी, चेलीबेटी बेचबिखन, बाल यौन दुराचारजस्ता घटनाहरुको पनि कमी छैन । कतै होमस्टेको बहानामा यस्ता घटनाहरुलाई अझै प्रश्रय दिने त हैन भन्ने विषयमा प्रश्न खडा हुनु स्वभाविक हो ।

अन्तमा, यसको सकारात्मक पक्षलाई अंगाली तथा नकारात्मक पक्षलाई नियन्त्रणमा राख्दै अगाडि जाने हो भने होमस्टे व्यवसाय नेपालको समग्र आर्थिक विकासका लागि एउटा उपयोगी औजार शिद्ध हुने छ । यसबाट ग्रामीणस्तरमा आयआर्जन हुने मात्र नभई रोजगारी सिर्जना गर्न समेत ठूलो मद्दत पुग्नेछ । तसर्थ, विश्वमा चलायमान आर्थिक अवसरलाई नगदीकरण गर्न राज्यका तल्लो निकायदेखि माथिसम्मका सबै निकायले होमस्टे व्यवसायलाई प्राथमिकताका साथ अगाडि बढाउनु नै आजको आवश्यकता हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस महामन्त्री शशांकको ३ हजार मतको अग्रता
काँग्रेस महामन्त्री शशांकको ३ हजार मतको अग्रता
विश्वकै कठिन मानिने सिस्को परीक्षा के हो ? सिस्को पास गर्ने पहिलो नेपाली शुनिल कुमार झासँगको अन्तरवार्ता
विश्वकै कठिन मानिने सिस्को परीक्षा के हो ? सिस्को पास गर्ने पहिलो नेपाली शुनिल कुमार झासँगको अन्तरवार्ता
नेपालमा कोरोना संक्रमितको संख्या २१७, हिजो एकैदिन थपिए ८३
नेपालमा कोरोना संक्रमितको संख्या २१७, हिजो एकैदिन थपिए ८३
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण
‘जेनजी’ पुस्ताको प्रतिनिधित्व हुनेगरी महाधिवेशन सुनिश्चित गर्न कांग्रेसको ध्यानाकर्षण
सिम कार्ड डुप्लिकेशन गरी ठगी धन्दा, बैंक खातामा समेत पहुँच
सिम कार्ड डुप्लिकेशन गरी ठगी धन्दा, बैंक खातामा समेत पहुँच
सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति
सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति
खरेलका कारण जापान उडान स्थगित !
खरेलका कारण जापान उडान स्थगित !
नेकपा एमलेकी  उम्मेदवार कुटिईन्
नेकपा एमलेकी उम्मेदवार कुटिईन्
सहमतिमा टुङ्गियो अदालतका कर्मचारी र वकिलबीचको विवाद
सहमतिमा टुङ्गियो अदालतका कर्मचारी र वकिलबीचको विवाद
साना तथा घरेलु उद्योगलाई बलियो बनाउन सहयोग गर्छ : मुख्यमन्त्री कार्की
साना तथा घरेलु उद्योगलाई बलियो बनाउन सहयोग गर्छ : मुख्यमन्त्री कार्की

तपाईंले छुटाउनुभयो कि?