अन्तरिक्ष युगमा नेपालको प्रवेशः प्रधानमन्त्री ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
२० पटक हेरिएको
Shares
अन्तरिक्ष युगमा नेपालको प्रवेशः प्रधानमन्त्री ओली

सारांश

  • काठमाडौँ ।
  • नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण गरिएको छ ।
  • नेपाली विज्ञान प्रविधिको इतिहासमै पहिलो पटक भूउपग्रह आज बिहान २ः३१ बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो ।

काठमाडौँ । नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण गरिएको छ । नेपाली विज्ञान प्रविधिको इतिहासमै पहिलो पटक भूउपग्रह आज बिहान २ः३१ बजे संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यबाट नेपाली स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरिएको हो । नेपालले आफ्नै स्याटेलाइट भूउपग्रहमा प्रक्षेपण गरेसँगै नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा परेको छ ।

नेपालको स्याटेलाइट सफलतापूर्वक प्रक्षेपण गरिएको नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का प्र्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार भूउपग्रह अहिले आकासमा पुगेको र भोलि बिहान ३ः३० बजे आइएसएस डकिङ ‘अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र’ मा जोडिनेछ । संयुक्त राष्ट्र सङ्घको बाह्य अन्तरिक्ष मामिलासम्बन्धी कार्यालय (युनुसा)मा दर्ताको परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको प्रमुख ढकालले बताउनुभयो ।

जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) बाट स्पेस टेक्नोलोजीमा इञ्जिनीयरिङ गरिरहनुभएका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनीयरिङमा स्नातकोत्तर गरिरहनुभएका हरिराम श्रेष्ठको पहलमा उक्त कार्यक्रम जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत अमेरिकाबाट अघि बढेको नास्टले जनाएको छ । ‘बर्ड–३’ ले जापान, नेपाल र श्रीलङ्काको भूउपग्रह अमेरिकाबाट एकैसाथ प्रक्षेपण गरेको छ । नेपाली भूउपग्रहको नाम ‘नेपाली क्युबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यू–बिसु’ राखिएको छ । नेपाल भूउपग्रह प्रक्षेपण गर्ने मुलुकको सूचीमा ः प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ सफलतापूर्वक प्रक्षेपण भएसँगै नेपाल स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरुको सूचीमा जोडिएको बताउनुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटमार्फत नेपालले पनि स्याटेलाइट युगमा प्रवेश गरेकामा खुशी व्यक्त गर्दै उक्त कार्यमा संलग्न सबै वैज्ञानिक तथा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सहितका सबै निकायलाई बधाई दिनुभएको छ । प्रधानमन्त्रीले आफ्नो ट्विटमा लेख्नुभएको छ, “आज बिहान २ः३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ प्रक्षेपण भएको छ । योसँगै नेपाल पनि स्याटेलाइट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको छ । यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीवृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्टसहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हालसम्म औपचारिक निर्णय भएका कांग्रेस उम्मेदवारको नामावली
हालसम्म औपचारिक निर्णय भएका कांग्रेस उम्मेदवारको नामावली
नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए सपथ
नवनियुक्त प्रधानन्यायाधीश कार्कीले लिए सपथ
धनकुटामा एमालेलाई उछिन्दै श्रम संस्कृति अगाडि
धनकुटामा एमालेलाई उछिन्दै श्रम संस्कृति अगाडि
राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री  शर्मा
राष्ट्रको विरुद्ध मैले गद्दारी गरेको छैन, प्रमाणित गर्न चुनौती दिन्छु : अर्थमन्त्री शर्मा
थपिएका ८२ कोरोना भाइरसका संक्रमित को  पूर्ण विवरण
थपिएका ८२ कोरोना भाइरसका संक्रमित को पूर्ण विवरण
नयाँ जहाज छिट्टै आउँछ : मन्त्री किराती
नयाँ जहाज छिट्टै आउँछ : मन्त्री किराती
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ बर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै
अमेरिकाको राष्ट्रपतिमा निर्वाचित बाइडेन ७८ बर्षमा प्रवेश, सबैभन्दा जेष्ठ राष्ट्रपति बन्दै
चलचित्रको पर्दामा पूरै कपडा उतार्ने बलिउडका ११ चर्चित अभिनेत्री
चलचित्रको पर्दामा पूरै कपडा उतार्ने बलिउडका ११ चर्चित अभिनेत्री
अध्यक्ष ओलीद्वारा ४० ज्येष्ठ नागरिकलाई अभिनन्दन
अध्यक्ष ओलीद्वारा ४० ज्येष्ठ नागरिकलाई अभिनन्दन
नेपाल प्रहरी श्रीमती संघद्धारा पूर्व अध्यक्ष लगायतका पदाधिकारीहरुलाई बिदाइ

तपाईंले छुटाउनुभयो कि?