नेपाली सेनाको अदालतले १८७ जनालाई गर्यो जेलदेखि घटुवासम्मको यस्तो कार्वाही
सारांश
- काठमाडौं ।
- नेपाली सेनामा नयाँ भर्ना गर्ने क्रममा अनियमितता गरी दोषी देखिएका २३ जना अधिकृतसहित १ सय ८७ जना सैनिकलाई सैनिक अदालत (कोर्ट मार्शल) ले कार्वाही गरेको छ ।
- २०७३ र २०७५ सालमा नेपाली सेनाका विभिन्न पदमा खुलेको भर्नाका क्रममा अनियमितता भएको भन्दै सम्बन्धमा गत जेठ ६ मा सहायक रथीको अध्यक्षतामा बसेको कोर्ट अफ ईन्क्वायरीले छानबिन गर्दा दोषी देखिएको भन्दै सैनिक अदालतमा कार्वाहीका लागि सिफारिस गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
काठमाडौं । नेपाली सेनामा नयाँ भर्ना गर्ने क्रममा अनियमितता गरी दोषी देखिएका २३ जना अधिकृतसहित १ सय ८७ जना सैनिकलाई सैनिक अदालत (कोर्ट मार्शल) ले कार्वाही गरेको छ ।
२०७३ र २०७५ सालमा नेपाली सेनाका विभिन्न पदमा खुलेको भर्नाका क्रममा अनियमितता भएको भन्दै सम्बन्धमा गत जेठ ६ मा सहायक रथीको अध्यक्षतामा बसेको कोर्ट अफ ईन्क्वायरीले छानबिन गर्दा दोषी देखिएको भन्दै सैनिक अदालतमा कार्वाहीका लागि सिफारिस गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
उक्त कोर्ट अफ ईन्क्वायरीको आधारमा यही कार्तिक ६ मा प्रधानसेनापतिबाट निर्देशन भई उपरथीको अध्यक्षतामा ९ सदस्यीय जनरल समरी सैनिक अदालत गठन भएको थियो । त्यस सैनिक अदालतले मंसिर १३ देखि लागू हुने गरी दोषी ठहर भएकाबाट ३ करोड २२ लाख ७५ हजार दाखिला हुने गरी फैसला सुनाएको छ।
दुई जना अन्य दर्जालाई ६ वर्ष कैद, विगो रकम राजस्व दाखिला र भविश्यमा सरकारी सेवामा अयोग्य ठहरीने गरी बरखास्त गरेको छ । त्यसैगरी दुई अधिकृत सहित ६ जनालाई ३५ देखि ३ वर्षसम्म कैद ठहर गरेको छ भने विगो रकम राजस्व दाखिला गरी भविश्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी बरखास्त गरेको छ।
यस्तै १ जना अधिकृत सहित २ जनालाई विगो रकम राजस्व दाखिला र भविश्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी बरखास्त गरेको जनाएको छ ।
यस्तो छ सैनिक अदालतले गरेको फैसला :
– २ अन्य दर्जालाई ६ वर्ष कैद, विगो रकम राजस्व दाखिला र भविश्यमा सरकारी सेवामा अयोग्य ठहरीने गरी बरखास्त,
– २ अधिकृत सहित ६ जनालाई ३५ दिन देखि ३ वर्षसम्म कैद, विगो रकम राजस्व दाखिला र भविश्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी बरखास्त,
– १ जना अधिकृत सहित २ जनालाई विगो रकम राजस्व दाखिला र भविश्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी बरखास्त,
– १ अन्यदर्जालाई भविश्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी बरखास्त,
– १ अन्यदर्जालाई विगो रकम राजस्व दाखिला सहित ४ वर्ष बढुवा रोक्का,
– ५ अन्यदर्जालाई २ देखि ५ वर्ष बढुवा रोक्का,
– भर्ना हुँदा मापदण्ड विपरित भर्ना भएका १०१ अन्यदर्जालाई भविश्यमा सरकारी सेवामा अयोग्य नठहरीने गरी बरखास्त,
– ३७ अन्यदर्जालाई भर्ना हुँदा आर्थिक लेनदेनमा संलग्न भएकोले ३ वर्ष बढुवा रोक्का,
– सैनिक ऐन अनुसार आफ्नो पदिय दायित्व पुरा नगर्ने अधिकृत १६ सहित जम्मा १७ जनालाई सचेत गराईएको
– ४ अधिकृत सहित आरोपित १४ जनालाई सफाई दिइएको,
– सेवारत १ अन्य दर्जालाई भर्ना भएको दर्जाबाट घटुवा गरी पहिलाकै दर्जा कायम गरिएको छ
प्रतिक्रिया