सरकारी ढुकुटीमा दोहन, नेताहरुले कार्यकर्ता पोस्दै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
सरकारी ढुकुटीमा दोहन, नेताहरुले कार्यकर्ता पोस्दै

सारांश

  • काठमाडौं, १६ माघ- सरकारे आर्थिक सहायता शीर्षकमा एक वर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपियाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ ।
  • आर्थिक वष २०७४।
  • ०७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपियाँ छुट्याएको भएपनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामै साढे ३२ करोड रुपियाँ खर्च गरिसकेको खबर आजको नागरिक दैनिकमा सुरेन्द्र पौडेलले लेखेका छन् ।

काठमाडौं, १६ माघ- सरकारे आर्थिक सहायता शीर्षकमा एक वर्षलाई छुट्याएको बजेटसहित थप साढे ७ करोड रुपियाँ ६ महिनामै दलका नेता कार्यकर्तालाई बाँडेको छ । आर्थिक वष २०७४।०७५ का लागि सरकारले आर्थिक सहायता शीर्षकमा २५ करोड रुपियाँ छुट्याएको भएपनि शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलो ६ महिनामै साढे ३२ करोड रुपियाँ खर्च गरिसकेको खबर आजको नागरिक दैनिकमा सुरेन्द्र पौडेलले लेखेका छन् ।

‘आर्थिक सहायताका शीर्षकमा यो आर्थिक वर्षका लागि छुट्याइएको रकमले पहिलो ६ महिनालाई पनि पुगेन,’ अर्थमन्त्रालय स्रोतले भन्यो, ‘देश त त्यसै ऋणमा चलेको छ, झन् यसरी आर्थिक सहायताका नाममा दलका पहुँचवाला नेता तथा कार्यकर्तालाई जथाभावी रकम बाँड्ने हो भने अर्थतन्त्रको अवस्था के होला ?’

पछिल्लो पटक अर्थ मन्त्रालयले सोमबार ६ करोड ५३ लाख ५० हजार रुपियाँ आर्थिक सहायताका लागि गृह मन्त्रालयलाई रकम निकासा दिएको छ । सरकारले गत पुस १३ गते ३ सय ४५ जनालाई आर्थिक सहायतास्वरुप उक्त रकम दिने निर्णय गरेको थियो ।

सरकारमा रहँदा कसले कति बाँडे ?

शेरबहादुर देउवाले ३९ करोड ८१ लाख ९० हजार
पुष्पकमल दाहालले ५९ करोड ४६ लाख ७१ हजार
केपी ओलीले १२ करोड २५ लाख १३ हजार

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?