बर्षेनि सरकारकाे ७५ लाख बजेट स्वाहा पार्ने यो पुल !

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
३६ पटक हेरिएको
Shares
बर्षेनि सरकारकाे ७५ लाख बजेट स्वाहा पार्ने यो पुल !

सारांश

  • अस्बिन खड्का,१२ जेठ ।
  •   उदयपुर जिल्ला को गाईघाट देखि छिमेकी जिल्ला खोटाङ दिक्तेलसम्म जोड्ने सुनकोशी नदीमा जडित बेलिब्रिज शनिबार (आज ) बाट भत्काउन सुरु भएकाे छ ।
  • सुनकोशी नदीमा जडित बेलिब्रिज भत्काइने भएपछि गाईघाट– दिक्तेल सडकखण्ड अब ६ महिना सम्म बन्द हुने भएको छ ।

अस्बिन खड्का,१२ जेठ ।  उदयपुर जिल्ला को गाईघाट देखि छिमेकी जिल्ला खोटाङ दिक्तेलसम्म जोड्ने सुनकोशी नदीमा जडित बेलिब्रिज शनिबार (आज ) बाट भत्काउन सुरु भएकाे छ ।

सुनकोशी नदीमा जडित बेलिब्रिज भत्काइने भएपछि गाईघाट– दिक्तेल सडकखण्ड अब ६ महिना सम्म बन्द हुने भएको छ ।

गत बर्ष को पुष महिना बाट लगाएकाे बेलिब्रिज जेठ महिना मा  खोलिने गरीन्छ। प्रत्येक बर्ष सरकार को करिब ७५ लाख रुपियाँ मा गाईघाट– दिक्तेल सडक योजना ले ठेक्का लगाउने गरीरहेको सो पूल वर्षा याममा सुनकोशी नदी मा पानीको सतह बढ्ने र पूल बगाउने भन्दै जेठ मा खोलीने गरीएकाे हाे ।

नेपाल कै हाल सम्मको लामो ५० मीटर लम्बाई भएको सो पूल भत्काइदा सो सडक खण्डमा काम गर्ने ठेकदार हरु समेत निरास हुने गरेका छन् । खोटांग जिल्ला का ठेकदार मोहन राई का अनुसार पूल बाट गाडीमा ल्याउने समान हरु अब कसरि ल्यउने भन्ने चिन्ता बढेकाे छ । बरु सरकार ले सो ठाउँ भन्दा अलिक तल निर्माणधीन भईरहेको पूल छिटो बनाउने हाे भने  समस्या समाधान हुने र बेली पूल को आवश्यकता समेत नपर्ने रार्इकाे भनाइ छ ।

सरकारकाे ७५ लाख बजेटमा निर्माण हसने साे पुल भत्काइदा सो ठाउमा काम गर्दा गर्दै अरु ठेकदार समेत समस्या मा परेका छन् । अब १ हजारको समान को ३ हजार सम्म दुवानी पर्ने भएकोले आफुहरु सिधै घाटामा जाने  स्थानिय चणडि राइले बताए ।

हाल सरकार ले काम नगर्ने ठेकदार लाई कारबाही गर्ने भनेता पनि तर गाईघाट– दिक्तेल सडक योजना ले कोशी पारी सम्म सडक विस्तार र पीच बनाउने को ठेक्का लगायर सबैकाम पुरा गरेको देखिए पनि सबै ठेकदार पेस्कीस्वरूप को पैसा लियर काठमाडौँमा बसेर काम नगर्ने हुदा १२/१५ कीमी पनि पीच बनी नसक्दा  जनताहरू मारमा परेकाे स्थानीए बताउछन।   यसै सम्बन्धमा योजना प्रमुख हरि पोखरेल ले भने ठेक्का त लागेको नै हो तर ठेकदार कम्पनी हरुले काममा चासो न देखायको ले अब सबैलाई छिटोभन्दा छिटो काम गर्न निर्देशन दिएसकेकाे बताए ।

सरकार को बर्सेनि  ७५ लाख जोगीने र सुनकोशी नदि मा पूल बनेमा गाईघाट– दिक्तेल सडक जोडिँदा   यातायात समेत चल्ने  जनता लार्इ पनि सजिलो हुने स्थानिय बताउछन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?