नेपाल टलिकमका सहायकले ८६ लाख भ्रष्टाचार गरेपछि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २९, २०७७
|
|
१९ पटक हेरिएको
Shares
नेपाल टलिकमका सहायकले ८६ लाख भ्रष्टाचार गरेपछि

सारांश

  • नेपाल टलिकमका बरिष्ठ सहायक रामचन्द्र लामिछानेमाथि अख्तियारले ८६ लाख भष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।
  • नेपाल टेलिकम, केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत बरिष्ठ सहायक लामिछानेमाथि स्कार्प डिसमेन्टल ब्याट्री लिलाम कार्यमा अनियमिता भएको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा नेपाल टेलिकम, वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय, छाउनीबाट गरिएको स्कार्प डिसमेन्टल ब्याट्री लिलाम कार्यमा ८६ लाख ८८ हजार १ सय ३२ रुपैयाँ लामिछानेले अनियमितता गरेको पृष्टि भएको थियो ।

नेपाल टलिकमका बरिष्ठ सहायक रामचन्द्र लामिछानेमाथि अख्तियारले ८६ लाख भष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । नेपाल टेलिकम, केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत बरिष्ठ सहायक लामिछानेमाथि स्कार्प डिसमेन्टल ब्याट्री लिलाम कार्यमा अनियमिता भएको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा नेपाल टेलिकम, वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय, छाउनीबाट गरिएको स्कार्प डिसमेन्टल ब्याट्री लिलाम कार्यमा ८६ लाख ८८ हजार १ सय ३२ रुपैयाँ लामिछानेले अनियमितता गरेको पृष्टि भएको थियो ।

लामिछानेले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको प्रमाणित भएकोले कानुन बमोजिम हानिनोक्सानी बिगो रकम निज रामचन्द्र लामिछानेबाट असुल उपर गरी पाउनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?