सरकारले दुई तिहाईको बलमा आतंक शुरु गर्यो: गगन थापा
सारांश
- काँस्की, १ असार ।
- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सरकारमा दुई तिहाईको बलमा आतंक शुरु भएको आरोप लगाएका छन् ।
- प्रजातान्त्रिक विचार समाज कास्की, पोखराले गरेको ‘वर्तमान राजनीतिक सन्दर्भ र लोकतन्त्रका चुनौती’ विषयक कार्यक्रममा उनले दुई तिहाईको भरमा जे गरे नि हुन्छ भन्ने सोच प्रधानमन्त्रीमा रहेको बताए ।
काँस्की, १ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन कुमार थापाले सरकारमा दुई तिहाईको बलमा आतंक शुरु भएको आरोप लगाएका छन् ।
प्रजातान्त्रिक विचार समाज कास्की, पोखराले गरेको ‘वर्तमान राजनीतिक सन्दर्भ र लोकतन्त्रका चुनौती’ विषयक कार्यक्रममा उनले दुई तिहाईको भरमा जे गरे नि हुन्छ भन्ने सोच प्रधानमन्त्रीमा रहेको बताए ।
‘सबै मै हुँ र मैले भने सबै हुन्छ’ भन्ने सोच प्रधानमन्त्रीमा रहेको आरोप लगाउँदै थापाले भने, ‘यस्तो सोचले देशलाई विकास होइन, विनाशतर्फ लैजान्छ ।’
सरकारप्रति जनताले ठूलो आशा राखे पनि बजेटले जनताको आशा समेट्न नसकेको टिप्पणी उनको थियो । कार्यक्रममा समाजका अध्यक्ष डा केदारनरसिंह केसीलगायत वक्ताले सरकार क्रमशः जनताको मुख बन्द गराउने बाटोमा उद्यत देखिएको भन्दै मुलुक निर्देशनमा चलाउन खोजे दुर्भाग्य हुने बताएका थिए ।
Dansingh Dansingh
हा गगन जि सहि भन्नू भयाे भ्रष्टाचार उपजाय का थियाै गुन्डा गर्दि फैलायका थियाै गरिब हरु रुदै थिय तसलाई समाप्त गरणदा देखि नसकने भयाै तेहि हाेला अत्याचार थुक्क अाउदाे चुनाब हेर फेरि
Sanjaya Palpali
Nakabandi huda boln sakenau
Krishna Thakuri
सधैं के पी वलीकाे मात्रै नाम लिन्थे गगनेले आज त लिन भुलेछ
Birendra Chhetri
यो सब तिम्रो देश लुट्ना नपाको पीडा हो तिम्रो पाटी ले एत्रो साल राज गरेरा क फापार फाड्यो र
Madhav Banjara
पहिला कँ ग्रेसले एकतिहाईमा अातँक सुरु गर्थ्यो अहिले 2तिहाई ले सुरुगर्यो ठिकै हो …….