भारतमा बेच्न बन्धक बनाइएका चेलीको उद्धार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १९, २०७७
|
|
५२ पटक हेरिएको
Shares
भारतमा बेच्न बन्धक बनाइएका चेलीको उद्धार

सारांश

  • कोभिड– १९ को महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ ।
  • आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो ।
  • नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट ती नेपाली चेलीहरुलाई उद्धार गरी नवलपरासी ल्याएको हो ।

कोभिड– १९ को महामारीबीच दश महिनादेखि बन्धक तीन नेपाली चेलीको भारतबाट उद्धार गरी ल्याइएको छ । आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका एक बालिकासहित तीन नेपाली चेलीलाई उद्धार गरिएको हो ।

नवलपरासी पश्चिमस्थित आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट ती नेपाली चेलीहरुलाई उद्धार गरी नवलपरासी ल्याएको हो ।

चितवनका २२, १७ र ४ वर्षका ती चेलीलाई उद्धार गरी सुरक्षित रुपमा नेपाल ल्याइएको संस्थाकी शाखा प्रमुख पद्मा आचार्यले राससलाई जानकारी दिइन् । जागिर तथा विवाहको प्रलोभनमा परी उनीहरु भारत पुगेका थिए । त्यहाँ पुगेको केही महिनापछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचबिखन गर्न लागेको थाहा पाएपछि प्रतिकार गरी परिवारलाई जानकारी गराएको उद्धार गरिएका युवतीले बताएका छन् ।

उद्धार गरिएकामध्ये २२ वर्षीया महिलालाई भारतमै काम गर्दै आएकी उनकी बहिनीको मोबाइलबाट एक व्यक्तिले विवाह गर्छु भनी बोलाएका थिए । तर उनकी बहिनी अहिले बेपत्ता छिन । अर्की एक युवतीलाई पनि जागिर लगाईदिने प्रलोभन देखाएर बोलाएको तर एक महिनापछि भारतको विहारका तीन जना व्यक्तिलाई रु एक लाखमा बिक्री गर्न लागेपछि आफूहरुले प्रतिकार गरेको भनी युवतीले बयान दिएको आफन्त नेपाल महेशपुरकी प्रमुख आचार्यले जानकारी दिइन् ।

चार वर्षीया बालिका भने २२ वर्षीया महिलाकी छोरी हुन् । विदेशमा रहेका आफ्नो दाजुलाई फोनमार्फत जानकारी गराएपछि युवतीका आफन्तहरुले चितवनस्थित आफन्त नेपालको माडी शाखामा खोजतलासका लागि निवेदन दिएपछि खोजी कार्य शुरु भएको थियो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
मेलम्ची आयोजनालाई लिएर मेरो चरित्र हत्या गर्न खोजियो : खानेपानी मन्त्री
यस्तो बन्दैछ एकीकृत पार्टी : दुई अध्यक्ष, २९९ सदस्यीय केन्द्रीय समिति
एक महिना कैद र एक हजार जरिवाना छल्न २५ वर्ष फरार !
एक महिना कैद र एक हजार जरिवाना छल्न २५ वर्ष फरार !
विद्यालयमै खाना कार्यक्रमले बढायो विद्यार्थीमा आकर्षण
विद्यालयमै खाना कार्यक्रमले बढायो विद्यार्थीमा आकर्षण
असोज ३ गते शनिवारको राशिफल यस्तो छ
असोज ३ गते शनिवारको राशिफल यस्तो छ
बल्झिदै सीमा विवाद, बंकर बनाउँदै चीन अनि गस्ती बढाउँदै भारत
बल्झिदै सीमा विवाद, बंकर बनाउँदै चीन अनि गस्ती बढाउँदै भारत
बेपत्ता भएका आरोहीको चार दिनपछि जीवितै उद्धार
बेपत्ता भएका आरोहीको चार दिनपछि जीवितै उद्धार
घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी
घाम तापेर बस्छन् जनस्वास्थ्यका कर्मचारी
सुन्दरमणिको आरोप- ‘रबिन्द्र मिश्रको पार्टी इयुको पैसा खाएर चल्दैछ’
सुन्दरमणिको आरोप- ‘रबिन्द्र मिश्रको पार्टी इयुको पैसा खाएर चल्दैछ’
७७ जिल्ला यी १०० पर्यटकिय स्थल, हेर्नुहाेस तपार्इकाे जिल्लाका कुनकुन ठाउँ पर्याे
७७ जिल्ला यी १०० पर्यटकिय स्थल, हेर्नुहाेस तपार्इकाे जिल्लाका कुनकुन ठाउँ पर्याे