नेपाल टेलिकममा फर्किने कामिनीको आस समाप्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३, २०७५
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ,  ३ भदाै ।
  •   सर्वोच्च अदालतले नेपाल टेलिकमकी प्रवन्ध निर्देशकबाट कामिनी राजभण्डारीलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
  • न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले कामिनीलाई हटाउनुको कारण भने माग गरेको छ।

काठमाडौ,  ३ भदाै ।  सर्वोच्च अदालतले नेपाल टेलिकमकी प्रवन्ध निर्देशकबाट कामिनी राजभण्डारीलाई हटाउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले कामिनीलाई हटाउनुको कारण भने माग गरेको छ।

सर्वोच्चको यो आदेशपछि टेलिकममा फर्किने कामिनीको आस समाप्त भएको छ। सर्वोच्चको यो आदेशपछि सरकारलाई नयाँ प्रवन्ध निर्देशक नियुक्ति गर्ने बाटो खुलेको छ। तर सर्वोच्चले पदबाट हटाउने निर्णयका बारेमा १५ दिनभित्र लिखत जवाफ पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ। आफू प्रतिस्पर्धाबाट निश्चित अवधिका लागि नियुक्त भएको तर सरकारले गलत मनसाय राख्दै हटाउने निर्णय गरेको भन्दै उनले भदौ १ गते सर्वोच्चमा पुनर्बाहली माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको थियो।उनले टेलिकमको सुधारमा आफ्नो समय खर्च भइरहेको समयमा व्यक्तिगत इच्छा भएको व्यक्तिलाई नियुक्त गर्न सरकारले प्रतिस्पर्धाबाट नियुक्त भएको व्यक्तिलाई हटाइएको दावी गरेकी छिन्।पदमुक्त गर्नुअघि गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजभण्डारीलाई सरकारले ७२ घण्टे स्पष्टिकरण सोधेको थियो। कार्यसम्पादन सन्तोषजनक नभएको आरोप उनीमाथि थियो।

यसअघि गत बैसाखमा पनि सरकारले राजभण्डारीलाई स्पष्टिकरण सोधेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत राजभण्डारीलाई बोलाएर टेलिकमको कार्यप्रगतिबारे सोधेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिँउ खेल्न दोलखामा पर्यटकको घुइँचो, पहिलो रोजाइ कालीञ्चोक
हिँउ खेल्न दोलखामा पर्यटकको घुइँचो, पहिलो रोजाइ कालीञ्चोक
परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिल्लीले किन दियो यस्तो महत्त्व
परराष्ट्रमन्त्री आरजु राणा देउवालाई दिल्लीले किन दियो यस्तो महत्त्व
(कालिकाेट दुर्घटना अपडेट) जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्याे ।
(कालिकाेट दुर्घटना अपडेट) जीप दुर्घटनामा मृतकको सङ्ख्या चार पुग्याे ।
निर्मला हत्याकाण्ड: अब एसपी र डिएसपीको डिएनए जाँच्न माग
निर्मला हत्याकाण्ड: अब एसपी र डिएसपीको डिएनए जाँच्न माग
राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि भएको चुनावमा गठबन्धनका १८ उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि भएको चुनावमा गठबन्धनका १८ उम्मेदवार विजयी
बल्खु प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते
बल्खु प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन
प्रदेश १ मा राजधानी टुंगो लाग्यो, नाम भने जुरेन
नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव : प्रधानमन्त्री
नेपाली महिलाको योगदानका कारण परिवर्तन सम्भव : प्रधानमन्त्री
क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु
क्यालिफोर्निया गोलीकाण्डमा चार जनाको मृत्यु
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी
जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव, २० लाखभन्दा बढी दर्शनार्थीहरू सहभागी