अनिल झाले राजेन्द्र महतोसँग पूरानो रिसिईबी साँध्ने

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
अनिल झाले राजेन्द्र महतोसँग पूरानो रिसिईबी साँध्ने

सारांश

  • काठमाडौं, १५ पुस ।
  • राजपा नेपालभित्र अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो र अनिल झाबीचको आन्तरिक विवाद चर्किएको छ ।
  • स्रोतकाअनुसार अध्यक्ष मण्डलको संयोजकमा महतो आएसँगै झाले पार्टीको बैठक बहिष्कार गरेका छन् ।

काठमाडौं, १५ पुस । राजपा नेपालभित्र अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो र अनिल झाबीचको आन्तरिक विवाद चर्किएको छ । स्रोतकाअनुसार अध्यक्ष मण्डलको संयोजकमा महतो आएसँगै झाले पार्टीको बैठक बहिष्कार गरेका छन् ।

महतो संयोजक भएपछि पहिलो पटक बसेको अध्यक्ष मण्डलको बैठकसमेत झाले बहिष्कार गरे । यसको मुख्य कारण महतोसँग झा रुष्ट हुनु हो । उनी पहिलेदेखि नै महतोसँग असन्तुष्ट छन् । उनले कुनैपनि हालतमा पार्टीको संयोजकमा महतोलाई स्विकार नगर्ने चेतावनी पार्टीभित्र दिईसकेका छन् ।

राजपानिकट उच्च स्रोतका अनुसार महतो संयोजक रहँदारसम्म झा बैठकमा सहभागी नहुने निश्चित् छ । महतो संयोजक भएपनि अझैपनि ठाकुरले पार्टीभित्र महत्वपूर्ण निर्णयहरु गर्ने गरिरहेका छन् । महतोलाई अझैपनि पार्टीका शीर्ष नेताहरुले थपनाको रुपमा मात्रै लिन्छन् । पार्टीको मुख्य निर्णय ठाकुरले गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?