चिनका गाइका कारण चितवनमा विराेध

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ४, २०७५
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • काठमाण्डौ,३ मंसिर ।
  • प्रदेश सरकारले चीनबाट गाई ल्याउने तयारी गरेपछि चितवनका किसानले विरोध जनाएका छन् ।
  • गण्डकी प्रदेश सहित प्रदेश नम्बर २ र ३ को सरकारले चाइनाबाट १० हजार वटाका दरले गाई भित्र्याउन लागेको भन्दै चितवनका किसानहरुले विरोध जनाएका हुन् ।

काठमाण्डौ,३ मंसिर । प्रदेश सरकारले चीनबाट गाई ल्याउने तयारी गरेपछि चितवनका किसानले विरोध जनाएका छन् । गण्डकी प्रदेश सहित प्रदेश नम्बर २ र ३ को सरकारले चाइनाबाट १० हजार वटाका दरले गाई भित्र्याउन लागेको भन्दै चितवनका किसानहरुले विरोध जनाएका हुन् ।

नेपालमा नै उन्नत जातका गाईहरु उत्पादन भइरहेको अवस्थामा चाइनाबाट कमिशनको लागि गाई भित्र्याउन लागिएको किसानको आरोप छ । किसानहरुले उत्पादन गरिरहेको दूध नै बिक्री नभएको अवस्थामा चाइनाबाट गाई ल्याउनुभन्दा किसानलाई अनुदान दिनुपर्ने व्यवसायिक दुग्ध उत्पादक कृषकको भनाइ छ । कृषि मन्त्री चक्रपाणी खनालले पनि चिनबाट गाई ल्याउन नहुने बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मन्त्री खनालले नेपालमै भएका गाईबाट बढिभन्दा बढि दूध उत्पादन गर्ने र दूधको बजारीकरणमा ध्यान दिनुपर्ने बताए । हावापानी नमिल्ने भएकाले पनि चिनबाट गाई ल्याउनुको अर्थ नरहने मन्त्री खनालले बताए ।

पशुपालक किसानहरुलाई दूध उत्पादनमा लाग्न राज्यले प्रेरणादायी भूमिका खेल्दै अघोषित मिल्क होलीडे बन्द गरि किसानले उत्पादन गरेको दूध बिक्री हुने अवस्था सिर्जना गरेमा नेपालमा नै ३० लिटरसम्म दूध दिने गाई उत्पादन गर्न सकिने अबस्था रहेको छ । नेपालमा उत्पादन भएको गाईहरुले अहिले पनि दैनिक १५ देखि २० लिटर सम्म दुध दिने अबस्था हुँदा हुदै सरकारले चीनबाट गाई ल्याएर कमिसनको खेलबाट बिचौलियालाई मोटाउने काम गर्न थालेको भन्दै किषानहरु रुष्ट देखिएका हुन ।

तर कृषि मन्त्री खनालले प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन नहुने भन्दै किसानलाई आश्वस्त पारेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ब्रजिलमा अलपत्र परेका नेपालीहरू कसरी त्यहाँ पुगे ?
ब्रजिलमा अलपत्र परेका नेपालीहरू कसरी त्यहाँ पुगे ?
कांग्रेसको प्रचार विभागको निर्देशिका परिमार्जनसहित पारित
कांग्रेसको प्रचार विभागको निर्देशिका परिमार्जनसहित पारित
राजपा नेता प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित
राजपा नेता प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित
माओवादी केन्द्रको विजय सुरुवात रुकुमबाट !
माओवादी केन्द्रको विजय सुरुवात रुकुमबाट !
विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरिको निधनप्रति दुःख व्यक्त
विहारका मुख्यमन्त्री नितिश कुमारद्वारा गिरिको निधनप्रति दुःख व्यक्त
कृषि उपज बिक्री केन्द्र निर्माणले किसान उत्साहित
कृषि उपज बिक्री केन्द्र निर्माणले किसान उत्साहित
बागमारा युवा संगम समूहद्धारा तीज महोत्सवतथा खुल्ला भलिवल प्रतियोगिता शुरु
पार्टी स्थापना र लेनिन दिवसमा आयो प्रचण्डको यस्तो धारणा
पार्टी स्थापना र लेनिन दिवसमा आयो प्रचण्डको यस्तो धारणा
‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी
‘नेपालीको हृदय सागरभन्दा गहिरो र नेपालको स्वाभिमान सगरमाथाभन्दा उच्च छ’–भारतीय प्रधानमन्त्री मोदी
पुरूषलार्इ  प्याड बितरण , कसरी कता लगाउने ?
पुरूषलार्इ प्याड बितरण , कसरी कता लगाउने ?

तपाईंले छुटाउनुभयो कि?