मन्त्रीहरुको कामप्रति प्रम ओली असन्तुष्ट, साउनमा व्यापक हेरफेरको तयारी, सल्लाहकार पनि हटाउँदै !
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कामकारबाहीबाट असन्तुष्ट भएका छन् ।
- मन्त्रिहरु प्रचारमुखी मात्र भएको तर काम गर्न नसकेको गुनासाहरु बालुवाटारमा पुग्न थालेपछि ओली व्यापक हेरफेरको निर्णयमा पुगेका हुन् ।
- मन्त्रिहरुको समीक्षा गर्दा प्रायः कोही पनि प्रभावकारी हुन सकेका छैनन् ।
प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कामकारबाहीबाट असन्तुष्ट भएका छन् । मन्त्रिहरु प्रचारमुखी मात्र भएको तर काम गर्न नसकेको गुनासाहरु बालुवाटारमा पुग्न थालेपछि ओली व्यापक हेरफेरको निर्णयमा पुगेका हुन् । मन्त्रिहरुको समीक्षा गर्दा प्रायः कोही पनि प्रभावकारी हुन सकेका छैनन् । कर्मचारीतन्त्रले असहयोग गर्यो भन्दै
बालुवाटारसम्म मन्त्रीहरुको गुनासो मात्र पुग्ने गरेबाट ओली र उनका निकटस्थहरु असन्तुष्ट बनेका छन् । काममा भन्दा प्रचारमा अधिकांश मन्त्रीहरु सक्रिय रहेको जानकारी ओलीसम्म पुगिरहेको छ । आर्थिक वर्षको अन्त्य कुरेर बसेका ओलीले साउन लाग्न वित्तिकै आश्चर्यजनक तरिकाले मन्त्रीहरुमा हेरफेर गर्ने तयारी गरेको उनी निकटस्थहरु बताउँन थालेका छन् ।
मन्त्रिमण्डल हेरफेरका लागि आन्तरिक तयारी समेत थालिएको छ । ओलीलाई मन्त्रिमण्डलमा हेरफेर गर्न दबाब बढिरहँदा उनले आन्तरिक व्यवस्थापन गर्न सकेका छैनन् । तरकारी परीक्षणको विषयमा मन्त्री देखि सरकार समेतलाई गुमराहमा राख्ने गतिविधिलाई ओलीले गम्भिरताका साथ लिएका छन् । त्यसको गहिरो छानविन भित्री रुपमा गरिरहेका छन् ।
ओलीको सल्लाकारमध्येबाट पनि हेरफेर गर्ने तयारी गरेको बुझिएको छ । उनका सल्लाहकारहरु पनि बेला बेलामा विवादास्पद भनाईले विवादमा तानिएका छन् । श्रोतका अनुसार ओलीले सल्लाहकारहरुमा पनि व्यापक परिवर्तन गर्न तय गरेका छन् ।
असार २९ गते आइतबारको राशीफल यस्तो छ
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दबाब र तनाव बढेको महसुस हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तानपक्षको मायामा कमी आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । दाम्पत्य जीवनमा एक किसिमको निरासतापनि आउन सक्छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्यपनि सबल नै रहनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । शत्रुपनि क्षय होलान् ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शुभकार्यको चर्चा चल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिकरसांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । जग्गाजमिनको कारोबारबाट राम्रो फाईदा हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । ( ज्यो.प. नारायणप्रसाद दुलाल
ज्योतिष विज्ञान अनुसार राक्षण गणमा जन्मिने मानिसको स्वभाव र खुबी कस्तो हुन्छ ?
मानिस जन्मिदा ग्रह नक्षत्र र गौचर अनुसार ती गणमा जन्मिन पुग्छन् । ज्योतिष विज्ञान अनुसार देव, मनुष्य र राक्षस तीन गण रहेका छन् । आज हामी राक्षस गणमा जन्मिएका मानिसको कस्तो स्वभाव र खुबी हुन्छ, त्यसको चर्चा गर्दैछौँ । राक्षसा गण भन्ने वित्तिकै धेरैले नकरात्मक सोच्न सक्छन् तर राक्षस गणमा जन्मिने बित्तिकै मानिसको पनि स्वभाव त्यस्तै हुन्छ भन्ने होइन ।
राक्षस गणसँग सम्बन्ध भएका मानिसमा कुनै पनि काम तिव्रता र डटेर गर्ने खुबी हुन्छ । ज्योतिष विधालाई मान्ने हो भने यो गणमा जन्मिएका मानिसमा आफ्नो वरिपरिका नकरात्मक शक्ति र गतिविधिलाई बारेमा अरुभन्दा चाँडै थाहा पाउने क्षमता हुन्छ । त्यसबाहेक यो गणका मानिसमा छैठौ इन्द्रिय अर्थात् सिक्स सेन्स एकदमै राम्रो हुन्छ ।
सिक्स सेन्स राम्रो भएकै कारण उनीहरु आफ्नो वरिपरि हुने सम्भावित घटनाको बारेमा अगाडि नै थाहा पाउन सक्छन् । यो गणका मानिस साहसी हुनुका साथै कडा इच्छाशक्ति भएका हुन्छन् । उनीहरुको जीवन जिउने शैली पनि एकदमै स्वच्छन्द हुन्छ । कसैको अधिनमा बस्न रुचाउँदैछन् । त्यसैले यो गणका मानिस जागिर खानु वा दबिएर बस्नुको साटो आफ्नै व्यापार व्यवसाय गर्ने स्वभावका हुन्छन् ।
विप्लवका छोराको यस्तो धम्कीः बदला लिएरै छोड्छौ
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहलाई सरकारले प्रतिबन्ध लगाएको छ । प्रतिबन्धपछि विप्लवका अधिकांश नेता–कार्यकर्ता भूमिगत छन् । र, एकाध हिंसात्मक बाहेक उसका गतिविधि देखिएका छैनन् ।
विप्लव नेतृत्वको पार्टी भूमिगत भएपनि उनका छोरा प्रकाश चितवनको एक चिकित्साशास्त्र क्याम्पसमा एमबीबीएस पढाइ पूरा गरेर प्रशिक्षार्थी चिकित्सकका रुपमा कार्यरत छन् । र, आफ्नो ठाउँबाट प्रतिबन्धित नेकपालाई सघाइ रहेका छन् ।
उनले केही दिनअघि आफ्नो रुपन्देहीस्थित गाउँमा पुगेर स्वास्थ्य शिविर नै गरे । गाउँलेहरूको स्वास्थ जाँचे । यति त ठीकै थियो, उनले देशको स्वास्थ्यको पनि कुरा गरे । सरकारी दमनको कडा शब्दमा भत्र्सना गरे । विभिन्न हत्या श्रृंखलाको प्रसंगमा उत्तेजित देखिएका उनले स्वास्थ्यकर्मीको भेषमै भने– एक–एक गोली र रगतको बदला लिएरै छाड्ने छौं ।’
पार्टीनिकट जनस्वास्थ्यकर्मी संगठनले गरेको कार्यक्रममा प्रकाशले व्यक्त गरेका भनाइ उनकै शब्दमाः
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि सरकारले आग्रह पालेको छ । ऊ दमनमा उत्रिएको छ । सच्चा देशभक्तहरूलाई हतोत्साहित र निराश पार्न अनेक अस्त्र प्रयोग गरिरहेको छ । असार ५ गते मात्रै सर्लाहीका हाम्रा जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्या गरिएको छ । गौंडामा ढुकेर नियन्त्रणमा लिएको प्रहरीले विभत्स हत्या गरेको छ । र, भनिँदै छ, मुठभेडका क्रममा कुमार पौडेलको मृत्यु भयो ।
यो सरासर झूट हो । यो श्रृखला यतिमै सीमित छैन । त्योभन्दा अगाडि भोजपुरमा पनि यसैगरी हाम्रो पार्टीका कमरेडमाथि गोली दागिएको छ । क्रान्ति, परिवर्तन र सुशासनको कुरा गर्दा कैयनलाई जेलको कोठरीमा थुनेर दबाउने निर्लज्जता सरकारले प्रहसन गरेको छ । यसको जति नै आलोचना र भत्र्सना गरे पनि अधुरो र अपूरो नै हुन्छ ।
दमन गरेपछि विप्लव समूह दूला पस्छन् भन्ने भ्रम सरकारमा छ । म यहीबाट सरकारलाई भन्न चाहन्छु– एक–एक गोली र रगतको बदला लिएर हामी देखाउँछौं । भावना बहकिएर आक्रोसमा ल्याउन म यस्तो भनिरहेको छैन । सबै प्रष्ट भए हुन्छ– हामी न्याय र मुक्तिका लागि जस्तोसुकै कठोर कदम चाल्न पनि तयार छौं ।
सहरमा जतिसुकै ठूला संघर्ष गरे पनि, त्यहाँका मालिकसँग संघर्ष परे पनि, नटराजसँग जतिधेरै लड्नु परे पनि गाउँलाई हामी कहिल्यै बिर्सने छैनौं । घाइते, बेपत्ता र शहीदहरूले रगतका थोपा–थोपा बगाएर हामीलाई यो स्थानसम्म पु¥याउनु भएको छ । यो गुनलाई पनि हामीले बिर्सने छैनौं । बरु आत्मसाथ गरेर लक्ष्य प्राप्तिको यात्रा अघि बढाउने छौं ।
म पेशाले चिकित्सक हुँ । केही समयअघिको एक अन्तरवार्तामा मैले प्रष्ट रुपमा मेरो लक्ष्य के हो भनेर प्रष्ट पारिसकेको छु । र, फेरि पनि भन्न चाहन्छु– मेरो ९५ प्रतिशत तन, मन, देन यो क्रान्तिलाई पूरा गर्नेमै केन्द्रित हुनेछ । अब हुने मुठभेड र संघर्षलाई सफल पार्नमा जस्तोसुकै अवरोध आए पनि त्यसलाई छिचोल्न खर्चने छु । रह्यो बाँकी ५ प्रतिशत समय । यो समय भने आफ्नो प्रोफेसनमा बिताउने प्रण आम नेपालीसमक्ष गर्दछु । म मात्रै होइन, नेकपानिकट जनस्वास्थ्यकर्मी संगठनको बटमलाइन पनि यही हो ।
हामीले अहिलेको मुर्दा शान्तिभन्दा पृथक किसिमको समाज र राज्य चाहेका छौं । परिवर्तन चाहेका छौं । हामी सहरमा होइन, गाउँमा फर्कन चाहेका छौं । सहरको रमझममा भुलेर जनताको दुःख हामी कहिल्यै बिर्सने छैनौं । जनताको बीचमा आएर आधारभूत आवश्यकता पूर्तिका लागि हामी स्वास्थ्य शिविर मात्रै होइन, प¥यो भने बलिदान दिन पनि तयार छौं । यो हाम्रो क्रान्तिकारी स्पिरिट हो । यसमा कहीँकतै दायाँ–बायाँ हुनेछैन । तलमाथि हुनेछैन । साँघुन्युजबाट
यी ३३ देश जान नेपालीलाई भिषा चाहिदैन, थाहा पाउनुस् कुन कुन देश हुन् ?
आर्थिक रुपमा कमजोर भएकै कारण नेपालीलाई विश्वका धेरै देशले भिसा दिन मान्दैनन । तर विश्वमा यस्ता केही देशहरु पनि छन् जहाँ नेपाली बिना भिसा नै मज्जासँग घुम्न सक्नछन् । नेपालीहरु पूर्व भिसा स्वीकृती नलिएरै पनि यी देशहरु घुम्न जान सक्छन् । यी मध्ये केही देशहरुले नेपालीलाई आफ्नो एयरपोर्टमा आइपुगेपछि त्यहाँकै अध्यागमन विभागबाट ‘ अन अराइभल’ भिसा दिन्छन् भने कही नेपालीलाई भिसा नचाहिने देशहरु पनि छन् । तपाईसँग समय अवधि ननाघेको राहदानी छ भने यी देश पुग्न वा घुम्न जानु तपाईलाई धेरै कागजपत्र मिलाउने झन्झट पनि हुन्न र भिसा नपाइएला भनेर चिन्ता पनि गर्नुपर्दैन । तर जुनसुकै देशको पनि नियम कानून परिवर्तन भइराख्ने भएकाले त्यो देश जानु अघि भिसा प्रक्रियाको बारेमा बुझ्नु बुद्धिमानी हुन्छ । बिना भिसा जान सकिने देशहरुः
एशियामा नेपालीलाई भिसा नचाहिने देशहरु
कम्बोडिया जान नेपालीलाई भिषाको आवश्यकता पदैैन । एयरपोर्टमै अन अराइभल भिसा पाइने कम्बोडियामा नेपालीले ३० सम्म बस्न पाउँछन् । नेपालीलाई सबैभन्दा सजिलोसँग जान पाइने एसियन देश हो भारत । भारत जान नेपालीलाई कुनै भिषा चाहिदैन । त्यस्तै नेपालीले भारतमा निर्वाधरुपमा बस्न र काम गर्न पनि पाउँछन् ।
इण्डोनेसिया जान पनि नेपालीलाई भिसा चाहिदैन । इण्डोनेसिया बस्न नेपालीलाई ३० दिनसम्म भिषा चाहिदैन । नेपालीले लाओसमा अन अराइभल भिसाा लिन पाउँछन् र एक पटक भिसा लिएपछि ३० दिनसम्म बस्न सक्छन् । नेपालीले माल्दिभ्समा पनि अन अराइभल भिसा लिएर ३० दिनसम्म बस्न पाउँछन् । पाकिस्तान जान पनि नेपालीलाई भिसा चाहिदैन । त्यहाँ पनि नेपाली ३० दिनसम्म बस्न पाउँछन् ।
फिलिपिन्समा पनि नेपालीलाई भिसाा चाहिदैन । त्यहाँ पनि विमानस्थलमै अन अराइभल भिसा लिन सकिन्छ । एक पटक भिसा लिएपछि फिलिपिन्समा पनि ३० दिनसम्म बस्न सकिन्छ । नेपालीले बिना भिसा जान पाउने अर्को देश हो सिंगापुर । सिंगापुरमा ३० दिनसम्म बिना भिसा बस्न पाइन्छ । अन अराइभल भिसा लिएर नेपालीले इष्ट टिमोरमा पनि ३० दिनसम्म बस्न पाउँछन् ।
अफ्रिकामा नेपाली बिना भिसा जान पाउने देशहरुः
अफ्रिकी देश केप भर्डे, कोमोरोस, जिबोटी, गाम्बिया, गिनि बिसाउ, माडागास्कार, मौरिसेनियास, मौरिसस, मोजाम्बिक, सेनेगल, सइसेल्स, ताञ्जानिया, टोगो र युगााण्डा जान पनि नेपालीलाई पहिले नै भिसा लिनु पर्र्दैन । यी अफ्रिकी देशहरुमा नेपालीले अन अराइभल भिसा लिएर ७ देखि ९० दिनसम्म बस्न पाउँछन् ।
दक्षिण अमेरिकी महादेशको बोलिभियामा पनि नेपाली एयरपोर्टमै अन राइभल भिसा पाउछन् । बोलिभियाको अध्यागम विभागले नेपालीलाई ९० दिनको अन अराइभल भिसा दिन्छ ।
उत्तर अमेरिकी महादेशको डोमिनिका, हैटी, सेन्ट भिसेन्ट एण्ड दि ग्रेनेडिन्स, माइक्रोनेया लगायतका देशमा पनि नेपालीले बिना भिसा जान पाउँछन् । त्यस्तै पलाउ, सामोआ, तुभालु लगायतका देशमा पनि नेपाली भिसा बिना नै घुम्न पाउँछन् । यी देशहरुमा नेपालीले ३० दिनसम्मको अन अराइभल भिसा लिन सक्छन् ।
प्रतिक्रिया