नेविसंघका नेताहरुको चेतावनी : ‘माघ १० गते अघि नैंनसिंह महरले कुनै काम गरे आक्रमण हुन्छ’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ३, २०७५
|
|
१३ पटक हेरिएको
Shares
नेविसंघका नेताहरुको चेतावनी : ‘माघ १० गते अघि नैंनसिंह महरले कुनै काम गरे आक्रमण हुन्छ’

सारांश

  • काठमाडौं, ३ माघ ।
  • नेपाल विद्यार्थी संघका नेताहरुले संघका अध्यक्ष नैनसिंह महरले आगामी माघ १० गते पहिले कुनैपनि गतिविधि गरे अनपेक्षित कारबाही हुने चेतावनी दिएका छन् ।
  • बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री सरोज कुमार थापाले अध्यक्ष नैनसिंह महरको व्यक्तिगत स्वार्थको कारण महाधिवेशन हुन नसकेको आरोप लगाएका छन् ।

काठमाडौं, ३ माघ । नेपाल विद्यार्थी संघका नेताहरुले संघका अध्यक्ष नैनसिंह महरले आगामी माघ १० गते पहिले कुनैपनि गतिविधि गरे अनपेक्षित कारबाही हुने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै महामन्त्री सरोज कुमार थापाले अध्यक्ष नैनसिंह महरको व्यक्तिगत स्वार्थको कारण महाधिवेशन हुन नसकेको आरोप लगाएका छन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले भने,‘दुई वर्षको समय सकियो, कुनै काम भएन, समयमा केन्द्रीय समितिको बैठक बस्न सकेन, बारम्बार थपेको समय सकिँदा पनि नेतृत्वले नैतिक रुपमा राजीनामा दिएर मार्गप्रश्स्त गर्न सकेन, पार्टीको आगामी माघ १० गते बस्ने केन्द्रीय समितिको बैठकले विद्यमान संघको नेतृत्व खारेज गरेर तदर्थ समिति गठन गरोस्, त्यसले नेविसंघ र स्ववियुको निर्वाचन गर्न सकोस् ।’

दु्ई वर्षसम्म नेविसंघलाई सभापति महर र महामन्त्री कुन्दनराज काफ्लले आफ्नो व्यक्तिगत र गुटगत स्वार्थको भूमरीमा पारेको महामन्त्री थापाको दाबी छ ।

उनले भने,‘दुई वर्षसम्म नेविसंघलाई आफ्नो स्वार्थअनुसार चलाउन खोज्नु भयो, अन्ततः आज आएर उहाँहरु एक ठाउँमा उभिनुभएको छ, नैतिक पतन बनेर नेतृत्वमा बसिरहनुको कुनै औचित्य छैन्, विद्यमान नेतृत्वले नै संघको महाधिवेशन गर्छ भनेर पार्टी र हजारौं विद्यार्थी नेता कार्यकर्ताहरुलाई भ्रममा पार्नुभएको छ ।’

त्यस्तै नेविसंघका अर्का नेता दिपक भट्टराईले सभापति महर र महामन्त्री कुन्दनराज काफ्लेका कारण नेविसंघको १२ औं महाधिवेशन हुन नसकेको आरोप लगाए ।

नले भने,‘महाधिवेशनको विकल्प महाधिवेशन भन्न लगाउने तर आफ्नो गुट र स्वार्थलाई त्यागेर संगठनलाई बलियो पार्न नसक्ने नेतृत्व छ, थपिएको समयमा सभापतिले डडेलधुरामा जिल्ला महाधिवेशन गर्न सक्नु भएन, महामन्त्रीले दोलखामा गर्न सक्नु भएन, यही कुराले उहाँहरु अफल हो, लाचार नेता हो, बाटो खुल्ला पनि नगर्ने, काम पनि नगर्ने ? यस्तो पनि हुन्छ ?’

साक्षात्कारमा संघका केन्द्रीय सदस्य भोला नेपालले आगामी माघ १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले हालको नेतृत्वलाई खारेज गरेर तदर्थ समिति गठन गर्नुपर्ने माग गरे ।

उनले भने,‘हिजोदेखि कामचलाउ बनेको नेविसंघको नेतृत्वलाई कुनैपनि हालतमा आगामी १० गते बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले खारेज गरोस् र महाधिवेशको लागि तदर्थ समिति चयन गरोस् ।’

त्यस्तै कार्यक्रममा नेविसंघका काठमाडौं जिल्ला अध्यक्ष मनोज वैद्यले आगामी १० गतेभित्र संघका सभापति महरलाई संगठनको बारेमा कुनैपनि काम नगर्न चेतावनी दिएका छन् ।

उनले भने,‘सभापतिज्यूले दुई वर्षसम्म काम गर्न सक्नुभएन, थपिएको समयमा पनि महाधिवेशन गर्न सक्नुभएन, अबका ७ दिनमा के नै गर्नुहुन्छ र ? त्यसैले कुनैपनि काम नगर्नुहोस्, यदि काम गरेको फेला पारिएको खण्डमा खतरा हुनेछ, म सचेत गराउन चाहन्छु ।’

वर्तमान नेतत्वलाई अवैध बनिसकेको बताउँदै वैद्यले भने,‘महर निकम्बा बन्नुभएको छ, उहाँले हामी लाखौं विद्यार्थीहरुको भावनालाई बुझ्न सक्नुभएन, विद्यार्थी भविष्य र संगठनको हितविपरित, विधानविपरित चल्नुभयो, यस्तो अवैध बन्ने महरले यी ७ दिनमा पनि कुनै काम नगर्नुहोला, तदर्थ समितिबाहेक अरु कुनैपनि बाहनाको नेतृत्वले संघको महाधिवेशन गर्न सक्दैन, यदि तदर्थ समितिभन्दा बाहिर अर्को निर्णय भयो भने पार्टी कार्यालयमा हजारौं विद्यार्थीहरुको जुलुस लाग्नेछ, त्यसको नेतृत्व नेविसंघ काठमाडौंले गर्नेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?