विचरा कांग्रेस! संसदीय प्रतिपर्स्धामा निरीह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र २, २०७४
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • दाङ – प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिने भन्नेबारे नेपाली कांग्रेसले छलफल गरे पनि अन्ततः उम्मेदवारी नदिने निचोडमा पुग्यो।
  • कांग्रेसले उम्मेदवारी नदिएकै कारण माओवादी केन्द्रका कृष्णबहादुर महरा सर्वसम्मत सभामुख भए।
  • सोलगत्तै राष्ट्रियसभा अध्यक्षकोे निर्वाचनमा वाम गठवन्धनबाट एमालेका गणेशप्रसाद तिमल्सिना उम्मेदवार चुनिए।

दाङ – प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने वा नदिने भन्नेबारे नेपाली कांग्रेसले छलफल गरे पनि अन्ततः उम्मेदवारी नदिने निचोडमा पुग्यो। कांग्रेसले उम्मेदवारी नदिएकै कारण माओवादी केन्द्रका कृष्णबहादुर महरा सर्वसम्मत सभामुख भए।

सोलगत्तै राष्ट्रियसभा अध्यक्षकोे निर्वाचनमा वाम गठवन्धनबाट एमालेका गणेशप्रसाद तिमल्सिना उम्मेदवार चुनिए। यो निर्वाचनमा पनि कांग्रेस ‘उम्मेदवारी दिने कि नदिने,’ भन्नेमा उस्तै द्विविधामा देखियो । यो चुनावबाट पनि पछि हटेको नेपाली कांग्रेसका कारण तिमल्सिना सर्वसम्मतै भए। नागरिक दैनिकमा खबर छ ।

गत मंगलबार सम्पन्न राष्ट्रपतीय निर्वाचनमा भने कांग्रेस ‘पावर शो’ मा उभियो । राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने वा नदिने भन्ने बिषयमा लामो छलफलपश्चात कुमारीलक्ष्मी राईलाई उम्मेदवार बनाएको कांग्रेसको यो उम्मेदवारीको एउटा मात्रै कारण थियो ‘वाम गठबन्धनबाट उम्मेदवार बनाइएकी विद्यादेवी भण्डारीले राष्ट्रपतीय कार्यकालमा कांग्रेसलाई गरेको असहयोग ।’ तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यका लागि मनोनित गरेका तीनजनाको नाम अस्वीकृत गरेको र लगत्तै बनेको केपी ओली नेतृत्वको सरकारले गरेको सिफारिसलाई स्वीकृत दिनुले कांग्रेस चिढियो । अन्ततः भण्डारीलाई सभामुख जस्तो सर्वसम्मत हुन नदिने निर्णयमा कांग्रेस पुग्यो। ‘उहाँ (भण्डारी)ले कांग्रेसको सीफारिसलाई स्वीकृत नगर्ने तर अहिलेको सरकारले सिफारिस गरेका व्यक्तिलाई स्वीकृत गर्नुले एकपक्षीय बनेको ठहर भयो,’ कांग्रेसका पूर्व प्रवक्ता दिलेन्द्र प्रसाद बडु भन्छन्, ‘यसर्थ उहाँलाई सर्ब सम्म हुन नदिनका लागि उम्मेदवारी दिएर निर्वाचनमा भिड्यौँ।’

कांग्रेस संघीय संसद्मा मात्रै हैन, प्रदेशमा  पनि निरीह देखिएको छ। प्रदेश ५ मा कमजोर उपस्थिति रहेको कांग्रेसले मुखयमन्त्री पदमा दाबी गर्न सकेन । सभामुखमा पनि पूर्णबहादुर घर्ती सर्वसम्मत भए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

८७ प्रकारका मतपत्र डिजाइन, आइतबारदेखि सामाजिक सञ्जाल अनुगमनमा कडाई
८७ प्रकारका मतपत्र डिजाइन, आइतबारदेखि सामाजिक सञ्जाल अनुगमनमा कडाई
धर्म परिवर्तनले धार्मिक द्वन्द्वको खतरा : कमल थापा
धर्म परिवर्तनले धार्मिक द्वन्द्वको खतरा : कमल थापा
एमालेले साह्रै पेल्न थाल्यो, दुई चरणको चुनावमा हामीले धक्का खायौं ,माओवादीसँगै मिल्नुस्,देउवा
एमालेले साह्रै पेल्न थाल्यो, दुई चरणको चुनावमा हामीले धक्का खायौं ,माओवादीसँगै मिल्नुस्,देउवा
लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः  देउवा
लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः देउवा
हाम्रै समस्या, हाम्रै मेलमिलाप
हाम्रै समस्या, हाम्रै मेलमिलाप
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता
लमजुङमा प्रतिनिधि र प्रदेशसभामा वाम गठबन्धनको अग्रता
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
बाढीपहिरो प्रभावित क्षेत्रमा प्राथमिकताका आधारमा काम थालिसकिएको छ : उप्रधानमन्त्री श्रेष्ठ
राप्रपालाई तत्काल सरकारमा नल्याइने
राप्रपालाई तत्काल सरकारमा नल्याइने
निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग
निर्माणाधीन आश्रम भवनलाई पाँच लाख ६२ हजार सहयोग
आइपिएलमा परेपछि खुसी बाँड्दै सन्दिपले भने, ‘यात्रा अब सुरु हुन्छ’
आइपिएलमा परेपछि खुसी बाँड्दै सन्दिपले भने, ‘यात्रा अब सुरु हुन्छ’

तपाईंले छुटाउनुभयो कि?