विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो
सारांश
- काठमाडौं, २७ असोज ।
- विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ८० लाख नाघेको छ ।
- संक्रमित मध्ये दश लाख ८५ हजारको मृत्यु भइसकेको छ ।
काठमाडौं, २७ असोज । विश्वभर कोरोना भाइरसको संक्रमित संख्या ३ करोड ८० लाख नाघेको छ । संक्रमित मध्ये दश लाख ८५ हजारको मृत्यु भइसकेको छ ।
अहिलेसम्म २ करोड ८५ लाख संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ८३ लाख रहेको छ ।
विश्वमा सबैभन्दा बढी अमेरिकामा ८० लाख संक्रमित संख्या नाघेको छ । त्यहाँ २ लाख २० हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
भारतमा ७१ लाख कोरोना संक्रमितमध्ये एक लाख ९८ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५१ लाख संक्रमितमध्ये डेढ लाखको मृत्यु भएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया