कंगनामाथि पोस्टर चोरीको आरोप

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १५, २०७६
|
|
२० पटक हेरिएको
Shares
कंगनामाथि पोस्टर चोरीको आरोप

सारांश

  • काठमाडौं।
  • कंगना रनावत अभिनित चलचित्र ‘जजमेन्टल हे क्या ?
  • ’ प्रदर्शन हुनुअघि नै विवादमा फसेको थियो ।

काठमाडौं। कंगना रनावत अभिनित चलचित्र ‘जजमेन्टल हे क्या ?’ प्रदर्शन हुनुअघि नै विवादमा फसेको थियो । अहिले फेरि प्रदर्शनमा आइसकेपछि यो चलचित्र फेरि नयाँ विवादमा तानिएकाे छ ।

यो चलचित्रलाई अहिले पोस्टर चोरी गरेको आरोप लागेको छ । हङ्गेरीकी महिला फोटोग्राफर फोरा बोर्सीले चलचित्रले पोस्टर चोरी गरेको आरोप लगाएकी छिन् । उनले ट्विटरमा लेखेकी छिन, ‘यो चलचित्रको पोस्टरले मेरो कलाको चोरी गरेको छ । कृपया कसैले केही सम्झाउन सक्छ, यो के भैरहेको छ ? यो सही होइन ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र चलचित्रको पोस्टर पोस्ट गर्दै लेखेकी छिन्, ‘के तपाईँहरुले केही समानता देखिरहनु भएको छ ? यो चर्चित बलिउड चलचित्र ‘जजमेन्टल हे क्या ?’ को पोष्टर हो । यसको प्रयोग गर्नुअघि न त मेरो अनुमति लिइएको थियो, न त मसँग कुनै कुराकानी नै भएको थियो । यो ठूला कम्पनीहरुको लागि लाजमर्दो कुरा हो, जसले हामीजस्ता स्वतन्त्र कलाकारको कलाको चोरी गर्छ ।’

एकता कपूरको निर्माण तथा प्रकाश कोवेलामुदीको निर्देशन रहेको यो चलचित्र गएको जुलाई २६ मा प्रदर्शन भएको थियो । चलचित्रमा कंगना रनावत र राजकुमार रावको मुख्य भूमिका रहेको छ ।

चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । २९ करोडको लागतमा बनेको यो चलचित्रले प्रदर्शन भएको चौथो दिन सम्ममा २२ करोड भारुमाथिको व्यापार गरिसकेको छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?