न्याय सम्पादन गर्न थप दुई हजार कर्मचारी आवश्यक

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ११, २०७५
|
|
१७ पटक हेरिएको
Shares
न्याय सम्पादन गर्न थप दुई हजार कर्मचारी आवश्यक

सारांश

  • काठमाडौँ, ११ वैशाख, न्यायालयमा न्याय सम्पादनका लागि करिव थप दुई हजार जनशक्ति आवश्यक महशुस गरिएको छ ।
  • अहिलेको जनशक्तिले न्याय सम्पादनमा कठिनाइ भइरहेकाले थप दुई हजार ७८ कर्मचारी आवश्यक भएको सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले जानकारी दिनुभयोे ।
  • उहाँका अनुसार सर्वोच्चसहित सात उच्च अदालत र ७७ जिल्ला अदालतमा न्याय सम्पादन गर्नका लागि ती कर्मचारी आवश्यक परेको हो ।

काठमाडौँ, ११ वैशाख, न्यायालयमा न्याय सम्पादनका लागि करिव थप दुई हजार जनशक्ति आवश्यक महशुस गरिएको छ ।

अहिलेको जनशक्तिले न्याय सम्पादनमा कठिनाइ भइरहेकाले थप दुई हजार ७८ कर्मचारी आवश्यक भएको सर्वोच्च अदालतका प्रवक्ता नारायण पन्थीले जानकारी दिनुभयोे ।

उहाँका अनुसार सर्वोच्चसहित सात उच्च अदालत र ७७ जिल्ला अदालतमा न्याय सम्पादन गर्नका लागि ती कर्मचारी आवश्यक परेको हो ।

सर्वोच्चले गरेको संगठन व्यवस्थापन सर्वेक्षणमा न्याय सम्पादनका लागि छ हजार ६६५ कर्मचारी आवश्यक पर्नेमा अहिले मुलुकभरिका न्यायालयमा करीब चार हजार ५८६ कर्मचारी कार्यरत छन् ।

सर्वोच्चले प्रत्येक दश÷दश वर्षमा संगठन सर्वेक्षण गर्दै आएअनुसार अहिले मुलुकभरिका न्यायालयको संगठन सर्वेक्षण गर्दा ती थप कर्मचारी आवश्यक देखिएको हो ।

“विगत दश बर्षको तुलनामा न्यायालयमा करीब दोब्बर मुद्दा पर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “मुद्दाको चाप हेरी हामीसँग भएको जनशक्तिले न्याय सम्पादन गर्न समस्या परेको छ, त्यसैले नयाँ सर्वेक्षणअनुसार न्याय सम्पादन गर्न थप कर्मचारी आवश्यक परेको हो तर जनशक्ति नहुँदा फैसला लेख्न, कार्यान्वयन गर्न र मुद्दाफाँट चलाउन समस्या परेको छ ।”
संगठन सर्वेक्षणअनुसार सर्वोच्च अदालतमा अहिले ४५२ कर्मचारी रहेकामा थप १४७ कर्मचारी आवश्यक देखिएको छ । तीमध्ये दुईजना विशिष्ट श्रेणीका कर्मचारी आवश्यक परेको छ ।

प्रवक्ता पन्थीले नयाँ सर्वेक्षणअनुसार दरबन्दी स्वीकृतका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको जानकारी गराउनुभयो ।

अहिले सर्वोच्चमा कायममुकायम प्रधानन्यायाधीशसहित २१ न्यायाधीश, उच्च अदालतमा १६० र जिल्ला अदालतमा २३८ न्यायाधीश छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु
गुजरातमा चट्याङमा परेर १३ जनाको मृत्यु
प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्म दुई हजार २६५ प्रहरी कारवाहीमा !
प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षकसम्म दुई हजार २६५ प्रहरी कारवाहीमा !
मन्त्री साहले भने म संविधान मान्दिन
मन्त्री साहले भने म संविधान मान्दिन
उच्च सैनिक अधिकृत सम्मेलन शुरु !
उच्च सैनिक अधिकृत सम्मेलन शुरु !
ओलीलाई प्रचण्डको चेतावनी; ‘तपाईँहरुले के के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’
ओलीलाई प्रचण्डको चेतावनी; ‘तपाईँहरुले के के गर्न सक्ने हो गरे हुन्छ, हामी अन्तिम समयसम्म लड्छौं’
पक्राउ पर्ने डरले गाडी गुडाउन थाले यातायात व्यवसायीले
पक्राउ पर्ने डरले गाडी गुडाउन थाले यातायात व्यवसायीले
अनेरास्ववियुकी अध्यक्ष नविना लामा प्रत्यक्षतर्फ काभ्रे क्षेत्र नम्बर एकबाट सिफारिस
अनेरास्ववियुकी अध्यक्ष नविना लामा प्रत्यक्षतर्फ काभ्रे क्षेत्र नम्बर एकबाट सिफारिस
लामो लिंग हुनेलाई श्रीमतीले धोका दिने, अरु रोचक कारण यस्ता छन्
लामो लिंग हुनेलाई श्रीमतीले धोका दिने, अरु रोचक कारण यस्ता छन्
पढेर जागिर खाने दलित किशोरीको रहर अधुरै !
मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद
मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद

तपाईंले छुटाउनुभयो कि?