मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चरको पहिलो अडिसन काठमाडौमा
सारांश
- काठमाडौ ।
- नेपालमा पहिलो पटक हुन लागेको म्यानमारको फ्रेन्चाईस सौन्द्रय प्रतियोगिता मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चरको पहिलो अडिसन काठमाडौमा सम्पन्न भएको छ ।
- प्रदेश न ३ अन्तर्गतको पहिलो अडिसन राउन्ड काठमाडौंमा सम्पन्न भएको हो ।
काठमाडौ । नेपालमा पहिलो पटक हुन लागेको म्यानमारको फ्रेन्चाईस सौन्द्रय प्रतियोगिता मिस एण्ड मिस्टर टुरिजम एण्ड कल्चरको पहिलो अडिसन काठमाडौमा सम्पन्न भएको छ । प्रदेश न ३ अन्तर्गतको पहिलो अडिसन राउन्ड काठमाडौंमा सम्पन्न भएको हो ।
शनिवार भएको उक्त अडिसन राउन्डमा बानेश्वरको एलिनाज क्याफेमा सम्पन्न भएको हो । प्रतियोगितको निर्णायक मण्डलमा नायिका सुरक्षा पन्त, कोरियोग्राफर आश्विनी झा, कोरियोग्राफर सृष्टि घिमिरे र व्यवसायी रजत काब्रा रहेका छन् ।

पहिलो अडिसनबाट छानिएका प्रतिस्पर्र्धीहरुको ट्रेनिङ चाडै नै शुरु हुने आयोजकले बताएका छन । प्लानेट मल्टीमिडिया प्रा.लीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि टुरिजम एण्ड कल्चर युनिभर्स प्रतियोतिाका आयोजनाको शुरु गरेको हो । यसपछीको प्रदेश न७ को प्रदेश स्तरिय पहिलो अडिसन असोज २० गते महेन्द्रनगर र असोज २७ गते धनगढीमा हुने भएको छ।
नेपालमा हुने भ्रमण बर्ष २०२० लाई लक्षित गरी कार्यक्रमको आयोजना शुरु गरेको हो । सातै प्रदेशको नौ शहरमा अडिसन हुदै छ । काठमाडौ , पोखरा, धनगढी, दमक ,सुर्खेत, चितवन ,बुटवल , नेपालगन्ज र लाहानमा छिट्टै अडिसन हुदैछ ।
(Tramadol)
प्रतिक्रिया