पक्राउ परेका चिनियाँलाई देश निकाला प्रक्रिया

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १४, २०७६
|
|
३४ पटक हेरिएको
Shares
पक्राउ परेका चिनियाँलाई देश निकाला प्रक्रिया

सारांश

  • काठमाडौं, १४ पौष ।
  • नेपालमा आपराधिक कार्यमा संलग्न चिनियाँ नागरिकमाथि अनुसन्धान गरी मुद्दा चलाउने भन्दा देशबाट बाहिर पठाउने प्रक्रिया बढाइएको छ ।
  • उनीहरुलाई अदालतमा पुर्याएर म्याद थप गर्नेभन्दा जिल्ला प्रशासन कार्यालय लगेर म्याद थप गर्ने गरी अभियोग लगाइएको छ ।

काठमाडौं, १४ पौष । नेपालमा आपराधिक कार्यमा संलग्न चिनियाँ नागरिकमाथि अनुसन्धान गरी मुद्दा चलाउने भन्दा देशबाट बाहिर पठाउने प्रक्रिया बढाइएको छ । उनीहरुलाई अदालतमा पुर्याएर म्याद थप गर्नेभन्दा जिल्ला प्रशासन कार्यालय लगेर म्याद थप गर्ने गरी अभियोग लगाइएको छ ।

अभद्र व्यवहारको अभियोग लगाइएकाले जिल्ला प्रशासन कार्यालयमा इजलाश हुने व्यवस्था छ । त्यसका लागि आइतबार जिल्ला प्रशासन कार्यालयमा चिनियाँ नागरिकहरुलाई लगेर दश दिन म्याद थप गरिएको छ ।

प्रहरी स्रोतका अनुसार १२२ चिनियाँलाई चीन पठाउने कानुनी प्रक्रिया मिलाइँदैछ । उनीहरुलाई पठाइँदा विवाद नहोस् भनेर सबै कानुनी प्रक्रिया पुर्याइन लागेको हो । चिनियाँ विमान नै लिन आउने भनिएपनि अझै आइनसक्नुमा प्रक्रिया पुर्याउन समय लागेर हो ।

गत हप्ता राजधानीको विभिन्न स्थानमा छापा मार्दा एकैपटक १२२ चिनियाँ पक्राउ परेका थिए । उनीहरु संगठित अपराधमा सक्रिय रहेको तथ्य फेला परेपनि प्रहरीले अभद्र व्यवहारको अभियोग लगाएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?