सरकारी सुविधा चाहिँदैन, फिर्ता लैजानुस्: पूर्वप्रधानमन्त्रीकी छोरी

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सरकारी सुविधा चाहिँदैन, फिर्ता लैजानुस्: पूर्वप्रधानमन्त्रीकी छोरी

सारांश

  • भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीकी छोरी नमिता भट्टाचार्यले सरकारी सुविधा फिर्ता लैजान आग्रह गरेकी छिन् ।
  • भट्टाचार्यले प्रधानमन्त्री कार्यालयलाई पत्राचार गर्दै सरकारले दिदैँ आएको सुविधा फिर्ता लैजान माग गरेकी हुन् ।
  • उनले पत्रमा आफ्नो परिवार आफ्ना लागि खर्च धान्न सक्षम भएको उल्लेख गर्दै सरकारी सुविधा लिएर सरकारी सम्पत्तिमा भार दिन नचाहेको बताएकी छिन् ।

भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीकी छोरी नमिता भट्टाचार्यले सरकारी सुविधा फिर्ता लैजान आग्रह गरेकी छिन् । भट्टाचार्यले प्रधानमन्त्री कार्यालयलाई पत्राचार गर्दै सरकारले दिदैँ आएको सुविधा फिर्ता लैजान माग गरेकी हुन् । उनले पत्रमा आफ्नो परिवार आफ्ना लागि खर्च धान्न सक्षम भएको उल्लेख गर्दै सरकारी सुविधा लिएर सरकारी सम्पत्तिमा भार दिन नचाहेको बताएकी छिन् ।

उनी कृष्णा मेनन मार्गमा रहेको घर खाली गरेर निजि निवासमा जान चाहेको पत्रमार्फत प्रधानमन्त्रीलाई जानकारी गराएकी छिन् । साथै उपलब्ध एसपीजी सुरक्षा सेवा पनि फिर्ता लिन आग्रह गरेकी छिन् । भारतीय सरकारले पूर्वप्रधानमन्त्रीको परिवारलाई निशुल्क चिकित्सा सेवा, सरकारी स्टाफ, घरेलू विमान टिकट र निशुल्क ट्रेन यात्रा जस्ता सेवा दिदैँ आएको छ ।पूर्वप्रधानमन्त्रीका परिवारलाई आजीवन सुरक्षा सेवा दिने व्यवस्था वाजपेयीले नै ल्याएका थिए । उक्त निर्णयलाई कार्यान्वयनको लागि एसपीजी एक्टमा संसोधन गरिएको थियो ।

भट्टाचार्य जीवनभर अविवाहित रहेका स्वर्गीय वाजपेयीकी धर्मपुत्री हुन् । उनले राजकुमारी कौल र प्रोफेसर बीएन कौलकी छोरी नमितालाई वाजपेयीले धर्मपुत्री बनाएर पालेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?