‘बाम उम्मेदवारमाथि आक्रमण सरकारी संरक्षण र उक्साहटमा’ एमाले

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
४२ पटक हेरिएको
Shares
‘बाम उम्मेदवारमाथि आक्रमण सरकारी संरक्षण र उक्साहटमा’ एमाले

सारांश

  • काठमाडौ, २९ कार्तिक।
  • नेकपा एमालेले चुनावी अभियानको क्रममा बाम गठबन्धनमाथि भएको आक्रमणहरु सरकारी संरक्षण र उक्साहटमा भएको जनाएको छ।
  • एमालेका निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले चुनावी अभियान अवरोध पुर्‍याउन भएको आक्रमणमा अमुक पार्टीलाई लिन लगाएर सरकार रमिते भएको बताएका छन्।

काठमाडौ, २९ कार्तिक। नेकपा एमालेले चुनावी अभियानको क्रममा बाम गठबन्धनमाथि भएको आक्रमणहरु सरकारी संरक्षण र उक्साहटमा भएको जनाएको छ। एमालेका निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले चुनावी अभियान अवरोध पुर्‍याउन भएको आक्रमणमा अमुक पार्टीलाई लिन लगाएर सरकार रमिते भएको बताएका छन्।

‘पछिल्लो समय सरकारबाट संरक्षित र उक्साहटमा विभिन्न घटनाहरू घटिरहेको अनुभुति हामीलाई हुन थालेको छ’ विज्ञप्तिमा भनिएको छ, चुनावी अभियानमा अवरोध पु¥याउन भएको उक्त आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले कतै सरकार आफै घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ।‘

सो विज्ञप्तिमा चुनावी अभियान जारी रहँदा हाम्रो पार्टीका बैकल्पिक पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा भोजपुर १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार शेरधन राईमाथि कात्तिक २८ गते बिहान साङ्घातिक आक्रमण, संखुवासभामा पनि कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्तामाथि आक्रमण भएको छ भने सुनसरी ३ का उम्मेदवार एमाले केन्द्रीय सदस्य भगवती चौधरीलाई कांग्रेस उम्मेदवारको नाम लिएर अभियान नरोके परिवारका सबै सदस्यमाथि आक्रमण गर्ने धम्की  उल्लेख छ।

‘चौधरीमाथि मनोवैज्ञानिक दबाब दिने उद्देश्यले चुनावी प्रचारमा हिँड्ने कार्यकर्ता र सहयोगीलाई धम्क्याउने काम स्वच्छ र निष्पक्ष निर्वाचन हुन नदिने श्रृङ्खलावद्ध योजनाअन्तर्गत भएको हाम्रो बुझाइ रहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हामी यस्ता अराजनीतिक काम तत्काल बन्द गर्नका लागि समयमै सचेत गराउन चाहन्छौं ।‘

सो विज्ञप्तिमा पार्टीका प्रदेश २ संयोजक तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलमाथि सुरक्षा थ्रेट रहेको प्रहरी प्रशासनले नै जानकारी दिइसकेको अवस्थामा सरकारले उहाँलाई अंगरक्षक उपलब्ध गराउन आनाकानी गरिरहेको बताएको छ। ‘सरकारको यो रवैया कतै उम्मेदवारको सुरक्षा नदिई आतंकित बनाउने योजना त होइन भन्ने आशंका पैदा गरेको छ । हामी यो रवैया तत्काल सच्याउन सरकारलाई सचेत गराउन चाहन्छु’ विज्ञप्तिमा भनिएको छ, वामपक्षीय लोकतान्त्रिक गठबन्धन बनेपछि मुलुकभर जनतामा छाएको उत्साहबाट आतंकित बनेर सरकार र नेपाली कांग्रेस यस्तो अराजनीतिक काम गरिरहेको सूचनाहरू पाइएको छ ।‘

सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र बिप्लव माओवादीको नाममा बाम गठबन्धनका उम्मेदवारमाथि भौतिक आक्रमणसमेत गराउन उद्दत हुन थालेको आभाष पछिल्लो दिनका घटनाक्रमले देखाएको एमालेको आरोप छ।

‘यस्ता काम बन्द गरी जनतालाई शान्तिपूर्ण वातावरणमा मतदान गर्ने अवस्थाको सिर्जना र उम्मेदवारले निर्भयताका साथ चुनावी प्रचार–प्रसार गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्न चाहन्छु’ विज्ञप्तिमा भनिएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?