साग : खोखोमा नेपालको जित

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १५, २०७६
|
|
४७ पटक हेरिएको
Shares
साग : खोखोमा नेपालको जित

सारांश

  • तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको खोखोको पुरुषतर्फको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ ।
  • कीर्तिपुरमा भएको खेलमा नेपालले बङ्गलादेशलाई २१–१९ अङ्कले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको हो ।
  • जितसँगै नेपालले तीन अङ्क जोडेको छ ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत आज भएको खोखोको पुरुषतर्फको खेलमा नेपालले बङ्गलादेशलाई पराजित गरेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले बङ्गलादेशलाई २१–१९ अङ्कले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको हो । जितसँगै नेपालले तीन अङ्क जोडेको छ । खोखोमा नेपालले पहिलोपटक बङ्गलादेशलाई पराजित गरेको हो ।

पहिलो इनिङको पहिलो टर्नमा चेन्जिङ गरेको नेपालले १२ अङ्क जोड्दा दोस्रो टर्नमा बङ्गलादेशले पनि १२ नै अङ्क जोड्यो । दोस्रो इनिङको पहिलो टर्नमा नौ अङ्क जोड्दा नेपाल २१–१२ को स्थितिमा पुग्यो । तेस्रो टर्नमा बङ्गलादेशले सात अङ्क जोड्दा नेपाल २१–१९ ले विजयी भयो । नेपालको जितमा धनप्रसाद चौधरी, कुशल मेछे र गणेश विश्वकर्माले समान चार÷चार अङ्क जोडे ।

नेपालले भोलि दोस्रो खेलमा भारतको सामना गर्नेछ । आज नै भएको अर्को खेलमा भारतले श्रीलङ्कालाई २१–८ अङ्कले पराजित ग¥यो । त्यस्तै महिलातर्फको आजै भएको खेलमा नेपाली महिला टोलीले बङ्गलादेशलाई ११–९ अङ्कले पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको छ । जितसँगै नेपाली महिला टोलीले तीन अङ्क जोडेको छ ।

पहिलो इनिङमा रनिङ रोजेको नेपालले पहिलो टर्नमा ११ अङ्क जोड्यो । दोस्रो टर्नमा चेन्जिङ गरेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै बङ्गलादेशलाई जम्मा पाँच अङ्क जोड्न दियो । पहिलो इनिङको समाप्तिमा नेपाल ११–५ को बलियो स्थितिमा रह्यो । दोस्रो इनिङको पहिलो टर्नमा बङ्गलादेशले चार अङ्क मात्रै जोडेपछि नेपाल एक टर्न अगाडि नै जित निकाल्न सफल भयो । नेपाली महिला टोलीले भोलि भारतको सामना गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सानिमा बैंकले मलेशियाबाट पनि सुरु गर्यो रेमिटयान्स सेवा
सानिमा बैंकले मलेशियाबाट पनि सुरु गर्यो रेमिटयान्स सेवा
अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने
अविवाहित महिला र एकल पुरुषले पनि भत्ता पाउने
विश्वकप फुटबल २०१८: ओली–देउवा फ्रान्सकाे पक्ष,  प्रचण्ड–रामचन्द्र कुन टिमकाे पक्ष ?
विश्वकप फुटबल २०१८: ओली–देउवा फ्रान्सकाे पक्ष, प्रचण्ड–रामचन्द्र कुन टिमकाे पक्ष ?
मुखभित्र सुन लुकाएर ल्याएका दुई जना पक्राउ
मुखभित्र सुन लुकाएर ल्याएका दुई जना पक्राउ
जोमसोम जाँदा सम्पर्कविहीन तारा एयरको जहाजमा ६ विदेशीसहित १९ यात्रु
जोमसोम जाँदा सम्पर्कविहीन तारा एयरको जहाजमा ६ विदेशीसहित १९ यात्रु
निर्मला बलात्कार-हत्याकाण्ड : निलम्बनमा परेका प्रहरीमाथि छानबिन गर्न यस्तो बन्यो विज्ञ समुह
वारेसनामामार्फत प्रधानमन्त्री देउवाले डडेल्धुराबाट उम्मेदवारी दिए
वारेसनामामार्फत प्रधानमन्त्री देउवाले डडेल्धुराबाट उम्मेदवारी दिए
प्रधानमन्त्री देउवासँग सार्क महासचिव साइलको भेट
प्रधानमन्त्री देउवासँग सार्क महासचिव साइलको भेट
१५० मेगावाट बिजुली भारतलाई बेच्दै नेपाल
१५० मेगावाट बिजुली भारतलाई बेच्दै नेपाल
भूकम्प पिडितले अझै पाएनन् तेस्राे किस्ता !
भूकम्प पिडितले अझै पाएनन् तेस्राे किस्ता !