पच्चीस वर्ष कै सबैभन्दा ठूलो सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु
सारांश
- जापान-२०,भदौ.
- जापानमा सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन्।
- यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन्।
जापान-२०,भदौ. जापानमा सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले बताएका छन्। यहाँको प्रमुख विमानस्थलमा भएको ठूलो क्षतिका कारण हजारौं मानिस अलपत्र परेका छन्।
जेबी नाम दिइएको आँधी मङ्गलबार दिउँसो जापानको पश्चिमी तटीय क्षेत्रमा प्रवेश गरेको थियो। ठूलो वर्षा सहित आएको सो आँधीको गति २ सय १६ किलोमिटर प्रतिघण्टा रहेको स्थानीय मौसम विज्ञान विभागले जनाएको छ। सामुद्रिक टापुजस्तो ठाउँमा निर्माण गरिएको कानसाई अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने एउटा पुलमा नराम्रोसँग क्षति पुगेको छ। यातायात मन्त्रालयका एक अधिकारीका अनुसार उक्त विमानस्थलमा करिब तीन हजार यात्रु अलपत्र अवस्थामा छन्।
बुधबार बिहान विमानस्थलमा अलपत्र यात्रुहरुलाई नजिकको कोबेमा स्थानान्तरण गरिएको छ। तर दैनिक ४ सयभन्दा बढी उडान भर्ने यो विमानस्थल पुनः चालू हुनेबारे अझै भन्न नसकिने अधिकारीहरुको भनाइ छ। विमानस्थलमा रातभर विद्युत सेवा कटौती गरिएको थियो। यहाँ अति गर्मी थियो,’ उद्धार गरिएकी एक महिलाले भनिन्। ‘आँधीबाट यो स्तरको क्षति भएको यसअघि मलाई कहिल्यै थाहा थिएन।’
अमेरिकामा पनि आँधीको त्रास
अमेरिकी तटीय इलाकाबाट मङ्गलबार राति आएको गोर्डोन नामको आँधी अमेरिकाको अलाबामा र मिसिसीपी राज्यमा फैलिएको छ। अधिकारीहरुले दुबै राज्यका साथै लुजियाना राज्यको न्यू अर्लिएन्समा आपतकालीन स्थितिको घोषणा गरेका छन्। लुजियाना राज्यमा सन् २००५ मा आएको आँधीका कारण जनधनको व्यापक क्षति भएको थियो।
प्रतिक्रिया