पत्रकारिता क्षेत्र वार्ता र संवादमा नगई आन्दोलनमै उत्रिएकोमा शिक्षामन्त्रीको गुनासो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
पत्रकारिता क्षेत्र वार्ता र संवादमा नगई आन्दोलनमै उत्रिएकोमा शिक्षामन्त्रीको गुनासो

सारांश

  • काठमाडौं, २२ भदौ ।
  • नेपाल पत्रकार महासंघका लेखा समितिका संयोजक तथा थाहा सञ्चार नेटवर्कका समाचार प्रमुख रोशन पुरी कृष्णसेन इच्छुक प्रेस स्वतन्त्रता सेनानी सम्मान २०७४ बाट सम्मानित भएका छन् ।
  • प्रेस सेन्टर नेपाल ललितपुर र प्रेस चौतारी नेपाल ललितपुरले शुक्रबार संयुक्तरुपमा आयोजना गरेको सम्मान कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका थिए ।

काठमाडौं, २२ भदौ । नेपाल पत्रकार महासंघका लेखा समितिका संयोजक तथा थाहा सञ्चार नेटवर्कका समाचार प्रमुख रोशन पुरी कृष्णसेन इच्छुक प्रेस स्वतन्त्रता सेनानी सम्मान २०७४ बाट सम्मानित भएका छन् । प्रेस सेन्टर नेपाल ललितपुर र प्रेस चौतारी नेपाल ललितपुरले शुक्रबार संयुक्तरुपमा आयोजना गरेको सम्मान कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेका थिए ।

विगत १७ वर्षदेखि नेपालको जनपक्षीय पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै पत्रकार पुरीलाई प्रेस सेन्टरले सम्मान गरेको हो । प्रेस सेन्टर ललितपुरले हरेक वर्ष प्रदान गर्ने उक्त सम्मानअन्तरगत २०७५ का लागि भने महासंघ ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेललाई सम्मान गरियो । कार्यक्रममा मिलन नेपाली साहसिक पत्रकारिता पुरस्कार ०७४ बाट पत्रकार आस्था केसी र २०७५ बाट पत्रकार सागर न्यौपाने सम्मानित भएका छन् ।

कार्यक्रममा बोल्दै शिक्षा मन्त्री पोख्रे्रलले हालै कार्यान्वयनमा आएको मुलुकी संहिताका कतिपय त्रुटिहरु सच्याउन सरकार तयार रहेको बताए । पत्रकारिता क्षेत्रमा विकृति र विसंगति भित्रिने कुरामा सचेत हुनुपर्ने बताउँदै शिक्षा मन्त्री पोख्रेलले संहितामा भएका कमिकमजोरी सच्चाउन सरकार तयार रहेको बताए ।

पत्रकारिता क्षेत्र पनि वार्ता र संवादको प्रक्रियाबाट अगाडि बढ्नुपर्नेमा आन्दोलनमै उत्रिएकोमा मन्त्री पोख्रेलले गुनासो गरे । अभिव्यक्ति स्वतन्त्रता भन्नाले अरुको स्वतन्त्रता हनन् हुन नहुने भन्दै उनले कलम चलाउन बन्देज लगाउनेगरी कुनै पनि कानुन नहुने र भए पनि सच्चाउन सरकार प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा बेपत्ता पत्रकार नेपालीकी जीवनसंगिनी सबिता बस्नेतले आफ्ना श्रीमान खोजीका लागि सरकारसँग माग गरिन् । बेपत्ता भएको वर्षौंसम्म पनि आफ्ना पतिको अत्तोपत्तो नहुनु दुःखद भएको उनको भनाइ थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२६८ रोजगार संयोजकमा फेरि १० हजार आवेदन
२६८ रोजगार संयोजकमा फेरि १० हजार आवेदन
राणनीति बनाउँदै कोइराला परिवार, पार्टीको नेतृत्व शंशाकले लिने संकेत
राणनीति बनाउँदै कोइराला परिवार, पार्टीको नेतृत्व शंशाकले लिने संकेत
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी
पेस्तोल र ५ वटा गोली सहित  भारतीय नागरिक पक्राउ
पेस्तोल र ५ वटा गोली सहित भारतीय नागरिक पक्राउ
आज श्रावण कृष्ण चतुर्दशीः घण्टाकर्ण अर्थात् गठामंगल पर्व मनाइँदै
आज श्रावण कृष्ण चतुर्दशीः घण्टाकर्ण अर्थात् गठामंगल पर्व मनाइँदै
आधुनिक शहर तथा व्यवस्थित बस्ती निर्माण योजनामै सिमीत
आधुनिक शहर तथा व्यवस्थित बस्ती निर्माण योजनामै सिमीत
ब्लाङ्केट र ज्याकेट लिएर सप्तरी पुग्यो अखिल क्रान्तिकारी
ब्लाङ्केट र ज्याकेट लिएर सप्तरी पुग्यो अखिल क्रान्तिकारी
परराष्ट्रमन्त्री ज्ञवाली विभिन्न बैठकमा सहभागी
परराष्ट्रमन्त्री ज्ञवाली विभिन्न बैठकमा सहभागी
मधेश प्रदेशका स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी प्रवेश
मधेश प्रदेशका स्वतन्त्र सांसद् जवाहरलाल कुशवाहा माओवादी प्रवेश
पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छः महामन्त्री थापा
पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छः महामन्त्री थापा

तपाईंले छुटाउनुभयो कि?