यी बलिउड कलाकारका खराब बानी यस्ता छन्
सारांश
- कलाकारहरु टिभिमा देख्दा ठूला मान्छे जस्ताे लागेपनि अाखिर सामान्य मान्छे नै हुन् ।
- उनीहरुका पनि केही नराम्रा अथवा अचम्म लाग्दा बानी छन् ।
- जुन बानीले गर्दा घर परिवार र निर्देशकहरु चिन्तित हुने गर्छन् ।
कलाकारहरु टिभिमा देख्दा ठूला मान्छे जस्ताे लागेपनि अाखिर सामान्य मान्छे नै हुन् । उनीहरुका पनि केही नराम्रा अथवा अचम्म लाग्दा बानी छन् । जुन बानीले गर्दा घर परिवार र निर्देशकहरु चिन्तित हुने गर्छन् । ति कलाकार र तिनका बानीकाे बारेमा तल दिइएकाे छ ।
१ करीना कपूर खान

करीनाकाे अचम्म लाग्दाे बानी भनेकाे अाफ्नाे दाँतले नङ् चपाउने गर्छिन् । याे कुराले सेफ अलि खानलाई भने चिन्तित बनाएकाे छ । तर करीनाकाे याे बानी अझै छुट्न सकेकाे छैन ।
२ सनी लियाेनी

सनीकाे अचम्मकाे बानी छ । उनी हरेक अाधा घण्टामा अाफ्नाे खुट्टा धुने गर्छिन् । घरमा मात्र नभएर उनी फिल्म शुटिङका क्रममा पनि यस्ताे गर्ने गर्छिन् । जसले गर्दा उनीसँग काम गर्ने सबै निर्देशक चिन्तित हुने गर्छन् ।
३ सुष्मिता सेन

सुष्मितालाई खुला अाकाश मुनि नुहाउन मन पर्छ । यहाँ सम्म कि उनले अाफ्नाे छतमा नुहाउनका लागि टब पनि लगाएकि छन् । तर यसाे गरिरहँदा कसैले नदेखाेस भन्नेमा भने उनी सचेत रहन्छिन्।
४ शाहरुख खान

किंग खान शाहरुखकाे खराब बानी भनेकाे राति जुता लगाएरै सुत्ने हाे । यसकाे कारण उनकी श्रीमति गाैरी खान चिन्तित हुने गर्छिन् ।
(Xanax)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया