प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०८०
|
|
१९ पटक हेरिएको
Shares
प्राकृतिक विपद् एवम् दुर्घटनाका समयमा स्काउटले निर्वाह गरेकोे भूमिका प्रशंसनीय: पूर्वराष्ट्रपति भण्डारी

सारांश

  • काठमाडौं ।
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक विपद् तथा दुर्घटनामा परेका व्यक्तिको उद्धार तथा सहायतामा नेपाल स्काउटले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।
  • नेपाल स्काउटको ७२औँ स्थापना दिवसका अवसरमा लैनचौरस्थित प्रधान कार्यालयमा आयोजित मूल समारोहलाई आज सम्बोधन गर्दै उनले नेतृत्व विकासका तालिमलाई प्राथमिकता दिने गरी स्काउटले गरेका कामबाट नयाँ पुस्तामा यसप्रति सकारात्मक सोच पलाउने पनि बताए ।

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक विपद् तथा दुर्घटनामा परेका व्यक्तिको उद्धार तथा सहायतामा नेपाल स्काउटले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।

नेपाल स्काउटको ७२औँ स्थापना दिवसका अवसरमा लैनचौरस्थित प्रधान कार्यालयमा आयोजित मूल समारोहलाई आज सम्बोधन गर्दै उनले नेतृत्व विकासका तालिमलाई प्राथमिकता दिने गरी स्काउटले गरेका कामबाट नयाँ पुस्तामा यसप्रति सकारात्मक सोच पलाउने पनि बताए ।

पूर्वराष्ट्रपति भण्डारीले बालबालिका तथा युवाको शारीरिक, मानसिक एवम् बौद्धिक विकासका साथै उनीहरूलाई अनुशासित, स्वावलम्बी र चरित्रवान तुल्याई सेवा भाव अभिवृद्धि गर्दै राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ स्थापित स्काउटको वर्तमान नेतृत्वले देशका सातै प्रदेश र सात सय ५३ वटै स्थानीय तहसम्म सङ्गठनलाई विस्तार गरी स्काउटलाई गाउँ–सहर सबैतिर पु¥याउनु एक ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे ।

पूर्वराष्ट्रपति भण्डारीले स्काउटरहरुलाई दीर्घसेवा पदकका साथै अन्य पदक पनि प्रदान गरे । सोही अवसरमा स्काउटको विस्तारमा योगदान पु¥याउने स्थानीय तहका जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा विपद् जोखिम न्यूनीकरणसम्बन्धी अभ्यास र सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।

नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले सरकारले देशभरका १३ हजार सात सय विद्यालयमा स्काउट विस्तार गर्न विगतमा नीति तथा कार्यक्रम ल्याए पनि हाल प्राथमिकता नदिइएको गुनासो गरे । उनले नेपाल स्काउटको भिजन २०३२ अनुसार सात सदस्यता विस्तारको लक्ष्य पूरा गरिने बताए ।

हाल सात प्रदेशमा गरी पाँच हजार नयाँ स्काउट मास्टर तयार भएका छन् । उनले घरः एक स्काउटको लक्ष्यसहित आफूहरु अघि बढेको जनाए । स्काउट दिवसका अवसरमा सातै प्रदेशमा आज विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

स्काउटले स्वास्थ्य, वातावरण तथा प्राकृतिक स्रोत संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम र अभियानहरूमा युवा जनशक्ति परिचालन गर्दै आएको छ । विसं २००९ मा स्थापित नेपाल स्काउट ‘नेपाल स्काउट ऐन, २०५० बाट सञ्चालित छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?