पत्रकार महासंघको चुनावी रन्को, बैशाख ७ मै उम्मेदवारी दर्ता, यस्तो छ तालिका

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २९, २०७४
|
|
२८ पटक हेरिएको
Shares
पत्रकार महासंघको चुनावी रन्को, बैशाख ७ मै उम्मेदवारी दर्ता, यस्तो छ तालिका

सारांश

  • काठमाडौं, २९ चैत ।
  • नेपाल पत्रकार महासंघको प्रदेश समिति निर्वाचनको रन्को शुरु भएको छ ।
  • आगामी बैशाख २२ गते मुलुकका ७७ वटै जिल्लामा हुने निर्वाचनका लागि बैशाख ५ गते नै नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

काठमाडौं, २९ चैत । नेपाल पत्रकार महासंघको प्रदेश समिति निर्वाचनको रन्को शुरु भएको छ । आगामी बैशाख २२ गते मुलुकका ७७ वटै जिल्लामा हुने निर्वाचनका लागि बैशाख ५ गते नै नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

पहिलोपटक संघीय संरचनामा जान थालेको महासंघको प्रदेश समितिको निर्वाचन पनि पहिलोपटक नै प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा हुनेछ । महासंघमा १० वटा प्रदेशको व्यवस्था गरिएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने भएकाले बैशाख ५ गते बिहान १० बजे मतदाता नामावली प्रकाशन, बैशाख ५ गते बिहान १० देखि बेलुकी ४ बजेसम्म मतदाता नामावलीउपर दावीविरोध र बैशाख ६ गते १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।

यसैगरी बैशाख ७ गते बिहान १०.३० बजेदेखि अपरान्ह ३.३० बजेसम्म प्रदेश समितिको पदाधिकारी तथा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गरिनेछ । केन्द्रीय निर्वाचन समितिका अनुसार बैशाख ७ गते बेलुकी ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ । बैशाख ७ गते बेलुकी ५.१५ देखि बैशाख ९ गते ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने समय तोकिएको छ । बैशाख १० गते बिहान ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । बैशाख २२ गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म मतदान र मतदान सकिएलगत्तै मतगणना शुरु हुनेछ ।

पत्रकार महासंघको प्रदेश समितिको अध्यक्षमा उम्मेदवार हुन निरन्तर ७ वर्ष र अन्य पदहरुमा निरन्तर ५ वर्ष महासंघको अविच्छिन्न सदस्य भएको हुनुपर्ने महासंघको जनकपुरमा सम्पन्न केन्द्रीय समितिको बैठकले पारित गरेको प्रदेश समिति निर्वाचन कार्यविधि तथा निर्देशिका– २०७४ ले व्यवस्था गरेको छ । महासंघको केन्द्रीय समिति, लेखा समिति तथा शाखा समितिहरुमा बहाल रहेका निर्वाचित पदाधिकारी तथा सदस्यहरु यस निर्वाचनमा उम्मेदवार हुन पाउने छैनन् ।

प्रदेश समितिमा उम्मेदवार बन्न अध्यक्षका लागि ७ हजार, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षका लागि ५ हजार र सदस्यका लागि ४ हजार मनोनयन शुल्क निर्धारण गरिएको छ । उम्मेदवार बन्न चाहने योग्यता पुगेका साधारण सदस्यले केन्द्रीय निर्वाचन समितिको कार्यतालिकाअनुसार आफ्नो प्रदेशको अस्थायी राजधानी रहेको शाखास्तरीय निर्वाचन समितिमा उम्मेदवारी दिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?