एमालेकोभन्दा १०६ बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ६, २०७९
|
|
३९ पटक हेरिएको
Shares
एमालेकोभन्दा १०६ बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी

सारांश

  • काठमाडौं, ६ जेठ : मतगणना सकिएका स्थानीय तहमध्ये २८३ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।
  • निर्वाचन आयोगका अनुसार हालसम्म ६३५ पालिकाको मतगणना सम्पन्न भएको छ ।
  • आयोगले गत वैशाख ३० गते सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो ।

काठमाडौं, ६ जेठ : मतगणना सकिएका स्थानीय तहमध्ये २८३ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

निर्वाचन आयोगका अनुसार हालसम्म ६३५ पालिकाको मतगणना सम्पन्न भएको छ ।

आयोगले गत वैशाख ३० गते सबै ७५३ वटै पालिकामा एकसाथ निर्वाचन गरेको थियो ।

मतगणना सम्पन्न भएकामध्ये सबैभन्दा बढी पालिकामा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेलेभन्दा कांग्रेसले १०६ बढी पालिकामा विजय प्राप्त गरेको छ ।

एमालेले हालसम्म १७७ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

आयोगका अनुसार मतगणना भइरहेको पालिकामध्ये हाल ४३ वटामा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?