पत्रपत्रिका : श्रीमान साउदीको जेलमा, श्रीमती १७ महिने छोरा लिएर भौंतारिँदै
सारांश
- काठमाडौं, १७ पुस ।
- माई नगरपालिका–४, इलामकी ३० बर्षीया सरिता राई १७ महिना काखे छोरा र ७ बर्षकी छोरी लिएर काठमाडौंमा भौंतारिरहेकी छिन् ।
- साउदी अरवको मालिस जेलमा थुनिएका आफ्ना ३१ बर्षीय पति प्रेमबहादुर राईलाई छुटाउने आशाले उनी परराष्ट्र र श्रम मन्त्रालयको ढोका चहारिरहेकी छन् ।
काठमाडौं, १७ पुस । माई नगरपालिका–४, इलामकी ३० बर्षीया सरिता राई १७ महिना काखे छोरा र ७ बर्षकी छोरी लिएर काठमाडौंमा भौंतारिरहेकी छिन् ।
साउदी अरवको मालिस जेलमा थुनिएका आफ्ना ३१ बर्षीय पति प्रेमबहादुर राईलाई छुटाउने आशाले उनी परराष्ट्र र श्रम मन्त्रालयको ढोका चहारिरहेकी छन् ।
प्रेमबहादुर कम्पनीलाई ३ लाख १० हजार रियाल (झन्डै ९० लाख रुपैयाँ) भुक्तान गरेपछि मात्रै जेलबाट छुट्ने छन् ।
पति साउदी जेलमा थुनिएपछि उनको मन स्थिर छैन । “उहाँ निर्दोष छु भन्दै रुनुहुन्छ”, सरिता भन्छिन्, ‘इलाममा पुख्र्यौली जग्गा बेचेर त्यत्रो रकम आउँदैन । मलाई दैनिक घरको खर्च चलाउन नै मुस्किल छ । त्यत्रो रकम कहाँबाट ल्याउने ?” आजको कान्तिपुर दैनिकमा यो समाचार प्रकाशित छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया