संघका आयोजना स्थानीय र प्रदेशमा हस्तान्तरण हुने, प्रदेशको भन्दा स्थानीयलाई अनुदान धेरै
सारांश
- काठमाडौं ।
- संसदको सँयुक्त बैठकमा अहिले अर्थमन्त्री डा.
- युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।
काठमाडौं । संसदको सँयुक्त बैठकमा अहिले अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् । बजेटमा प्रदेश र स्थानीय तहको जिम्मा रहेका संघका आयोजना मापदण्ड बनाइ हस्तान्तरण गरिने छ । शसर्त अनुदानमा संघबाट हस्तान्तरण भएका आयोजनाहरु क्षेत्रगत रुपमा अनुदान दिइ स्थानीय र प्रदेशले प्राथामिकता गरि कार्यन्वन गर्ने बजेटले व्यवस्था गरेको छ ।
बजेटले आगामी आर्थिक वर्षका लागि प्रदेशलाई शसर्त ४४ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरिएको छ । यस्तो बजेट प्रदेशलाई भन्दा स्थानीय तहलाई धेरै प्रस्ताव गरिएको छ । स्थानीय तहलाई १ खर्ब २३ अर्ब ८७ करोड रुपैयाँ बिनियोजन गरिएको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया