‘पत्रिकाको विज्ञापन पार्टीले होइन शुभेच्छुकले छापेका हुन’ एमाले
सारांश
- काठमाडौं, १३ मंसिर।
- नेकपा एमालेले प्रतिनिधि तथा प्रदेशसभाका चुनावलाई लक्षित गर्दै पत्रपत्रिकामा विज्ञापनहरु पार्टीले नभै शुभचिन्तकले छापेको जनाएको छ।
- आचारसंहिता उल्लंघन हुने गरी पत्रिकाहरुमा विज्ञापन छापिएको विषयमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेपछि एमालेका निर्वाचन परिचालन कमिटीले विज्ञप्ति जारी गर्दृ आफूले नछापेको जनाएको छ।
काठमाडौं, १३ मंसिर। नेकपा एमालेले प्रतिनिधि तथा प्रदेशसभाका चुनावलाई लक्षित गर्दै पत्रपत्रिकामा विज्ञापनहरु पार्टीले नभै शुभचिन्तकले छापेको जनाएको छ।
आचारसंहिता उल्लंघन हुने गरी पत्रिकाहरुमा विज्ञापन छापिएको विषयमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेपछि एमालेका निर्वाचन परिचालन कमिटीले विज्ञप्ति जारी गर्दृ आफूले नछापेको जनाएको छ।
निर्वाचन परिचालन कमिटीका प्रवक्ता विष्णु रिमालले विज्ञप्ती जारी गरे भनिएको छ, ‘प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनमा नेकपा (एमाले)को पक्षमा हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओलीको तस्विरसहित विभिन्न पत्रपत्रिकामा प्रचार सामग्री प्रकाशित गर्नुहुने हाम्रा शुभचिन्तक तथा शुभेच्छुकहरूप्रति पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटी हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दछ ।’
मंगलबार प्रमुख दैनिक पत्रिकाहरुमा एमाले अध्यक्ष ओलीको तस्विरसहितको विज्ञापन प्रकासित गरेको थियो। सो विज्ञापनले निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभामा जारी गरेको आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले उजुरी दिएको थियो।
‘मंसिर २१ गते हुने निर्वाचनमा हाम्रो पार्टीको पक्षमा व्यापक जनमत सिर्जना गर्न यहा“को सहयोग र सद्भाव निरन्तर रहिनैरहनेछ’ एमालेको विज्ञप्तिमा भनिएको छ, हाम्रो पार्टीले निर्वाचनका सबै कार्यक्रम र प्रचार कार्यहरू निर्वाचन आयोगले तोकेको आचारसंहिता भित्रै रही सञ्चालन गरिरहेको छ । आयोग जस्तो गरिमामय संस्थाले तोकेको आचारसंहिता पालना गर्नुलाई हामीले बाध्यता होइन, दायित्वको रुपमा लिनुपर्छ।’
एमालेले स्वतःस्फूर्त रुपमा चुनाव चिन्ह वा शीर्ष नेताहरूको तस्विरसहितको कुनै पनि प्रचार कार्य सम्पादन गर्दा आचारसंहिताको सीमाभित्र रही गर्नुहुन पार्टीको केन्द्रीय निर्वाचन परिचालन कमिटी आम मतदाता, समर्थक, शुभेच्छुक तथा सदस्यहरूलाई आह्वान गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया