अमेरिकामा एकै दिन २४८२ र फ्रान्समा १४३८ जनाले ज्यान गुमाए
सारांश
- काठमाडौं : कोभिड-१९ कोरोना भाइरसले मृत्यु हुनेको संख्या बिहीबार बिहान ८ बजेसम्म १ लाख ३४ हजार ६१५ पुगेको छ।
- कोरोनाले २० लाख ८३ हजार ३०४ जना संक्रमित भएका छन्।
- त्यस्तै ५ लाख १० हजार ३३६ जना निको भएका छन्।
काठमाडौं : कोभिड-१९ कोरोना भाइरसले मृत्यु हुनेको संख्या बिहीबार बिहान ८ बजेसम्म १ लाख ३४ हजार ६१५ पुगेको छ। कोरोनाले २० लाख ८३ हजार ३०४ जना संक्रमित भएका छन्। त्यस्तै ५ लाख १० हजार ३३६ जना निको भएका छन्।
बिहीबार एकै दिन अमेरिकामा २ हजार ४ सय ८२ जनाले ज्यान गुमाएका छन्। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २८ हजार ५२९ पुगेको छ। अमेरिकामा ६ लाख ४४ हजार ८९ संक्रमितमध्ये ३० हजार २०६ जना नयाँ संक्रमित थपिएका छन्।
त्यस्तै फ्रान्समा १ हजार ४ सय ३८ जनाले ज्यान गुमाएका छन्। फ्रान्समा हालसम्म १७ हजार १६७ जनाले ज्यान गुमाएका छन्। १ लाख ४७ हजार ८६३ संक्रमितमध्ये बिहीबार ४ हजार ५६० जना नयाँ संक्रमित थपिएका छन्।
युकेको पनि बिहीबार एकै दिन ७६१ जनाले ज्यान गुमाएका छन्। युकेमा हालसम्म १२ हजार ८६८ जनाले ज्यान गुमाएका छन्। ९८ हजार ४७६ जना संक्रमित मध्ये ४ हजार १०३ जना नयाँ संक्रमित थपिएका छन्।
इटलीमा एकै दिन ५७८ जनाले ज्यान गुमाएका छन्। हालसम्म इटलीमा २१ हजार ६४५ जनाले ज्यान गुमाएका छन्। १ लाख ६५ हजार १५५ संक्रमित छन्। जसमा २ हजार ६६७ जना नयाँ संक्रमित थपिएका छन्।
त्यस्तै स्पेनमा एकै दिन ५५७ जनाले ज्यान गुमाएका छन्। स्पेनमा हालसम्म १८ हजार ८१२ जनाले ज्यान गुमाएका छन्। स्पेनमा १ लाख ८० हजार ६५९ संक्रमित छन्। जसमा ६ हजार ५९९ जना नयाँ संक्रमित भएका छन्।
प्रतिक्रिया