स्वास्नी मान्छेको पाठेघर तिम्रो विर्य बोक्ने ”झोला” मात्र हो महाशय ??
सारांश
- झोला” हजारौं स्पर्मको म्याराथन जितेर ओभम छेडेपछी सुरु भएको हो तिम्रो बहादुरीको यात्रा !
- तिम्रै नामको लालपुर्जाले मात्रै नापिन्छ मेरो पाठेघरको उचाई !
- संस्कारका भुत्ते कानहरुले तिम्रै अधिकारको हेयरिङ एड बाट मात्रै सुन्छन मेरो गर्भको धड्कन!
झोला”
हजारौं स्पर्मको म्याराथन जितेर
ओभम छेडेपछी
सुरु भएको हो
तिम्रो बहादुरीको यात्रा !
तिम्रै नामको लालपुर्जाले मात्रै
नापिन्छ
मेरो पाठेघरको उचाई !
संस्कारका भुत्ते कानहरुले
तिम्रै अधिकारको
हेयरिङ एड बाट मात्रै सुन्छन
मेरो गर्भको धड्कन!
तिम्रो स्वामित्वको प्रमाणबिना
काटिएनन
अँह
काटिएकै छैनन
प्रसबका सालनालहरु!
भर्खरै जन्मेको
नवजात शिशु
कंगारूझैं छातीमा चेपेर
युगौंदेखी बारबार सोध्दैछु
महाशय!
के स्वास्नीमान्छेको पाठेघर
तिम्रो विर्य बोक्ने झोला मात्र हो ???
(फेसबुकमा भाइरल भएको सम्पदा रिजालको कविता ”झोला”)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया