विद्यालय जाने उमेर कटेका २० महिला विद्यालय जाँदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ८, २०७५
|
|
५२ पटक हेरिएको
Shares
विद्यालय जाने उमेर कटेका २० महिला विद्यालय जाँदै

सारांश

  • वालिङ, स्याङ्जा ८ जेठ, स्याङ्जाको वालिङ—१३, थुमपोखराका महिला अध्ययनका लागि विद्यालय भर्ना भएका छन् ।
  • स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा यहाँका स्थानीय २५ देखि ५२ वर्ष उमेर समूहका २० जना महिला शिक्षाको महत्व बुझेपछि विद्यालय भर्ना भएका विद्यालयका प्रधानाध्यापक गोपाल गैह्रेले बताउनुभयो ।
  • “हाम्रो पालामा छोरीलाई धेरै पढाउन हुन्न भन्ने मान्यता थियो, पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय जान सकिएन” स्थानीय ४८ वर्षीया दीपकला गैह्रेले भन्नुभयो, “समयको मागसँगै शिक्षाको महत्व बुझेपछि अहिले कक्षा ५ मा भर्ना भएकी छु, अब पढाइलाई निरन्तरता दिनेछु ।

वालिङ, स्याङ्जा ८ जेठ, स्याङ्जाको वालिङ—१३, थुमपोखराका महिला अध्ययनका लागि विद्यालय भर्ना भएका छन् ।

स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा यहाँका स्थानीय २५ देखि ५२ वर्ष उमेर समूहका २० जना महिला शिक्षाको महत्व बुझेपछि विद्यालय भर्ना भएका विद्यालयका प्रधानाध्यापक गोपाल गैह्रेले बताउनुभयो ।

“हाम्रो पालामा छोरीलाई धेरै पढाउन हुन्न भन्ने मान्यता थियो, पढ्ने रहर हुँदाहुँदै पनि विद्यालय जान सकिएन” स्थानीय ४८ वर्षीया दीपकला गैह्रेले भन्नुभयो, “समयको मागसँगै शिक्षाको महत्व बुझेपछि अहिले कक्षा ५ मा भर्ना भएकी छु, अब पढाइलाई निरन्तरता दिनेछु ।”

नियमित विद्यालय जाने र घरमा पनि छोराछोरीसँग नजानेका कुरा सिक्दै आफ्नो इच्छा पूरा गरेरै छाड्ने दीपकला गैह्रेको भनाइ छ । अध्ययन गर्ने समयमै विवाह बन्धनमा बाँधिनुभएकी सोही ठाउँकी २५ वर्षीया मञ्जु गैह्रेले आफ्नो अध्ययनलाई पूरा गर्न सक्नुभएन । गैह्रे अहिले लक्ष्मी माविमा कक्षा ११ मा भर्ना हुनुभएको छ ।

“विवाह भएकै कारण आफ्नो अध्ययन बीचमै रोकियो” मञ्जु गैह्रेले भन्नुभयो, “अब जहाँ रोकिएको थियो त्यहीँबाट पूरा गर्ने सोच बनाएकी छु ।” अध्ययन गर्ने रहर हुँदाहुँदै पनि विविध कारणवश शिक्षा लिनबाट वञ्चित भएका महिलाका लागि विशेष खालको कक्षासहित कम्प्युटर र संगीतसम्बन्धी शिक्षा दिने गरी अघि बढेको विद्यालयले जनाएको छ ।

“इच्छाशक्ति भयो भने हरेक कुरा सम्भव छ, यहाँका महिला पनि अन्य विद्यार्थीसरह झोला बोकेर अध्ययनका लागि विद्यालयमा आउने गर्नुहुन्छ” विद्यालयका प्रधानाध्यापक गोपाल गैह्रेले भन्नुभयो, “उहाँहरुलाई अरु विद्यार्थीसँगै राखेर अध्ययन गर्न गाह्रो हुने भएकाले छुट्टै विशेष कक्षामार्फत नेपाली, अंग्रेजी भाषासहित सामान्य हिसाब किताब सिकाउने छौँ ।”

उमेर ढल्केसँगै विद्यालयमा आउनुहुने महिलालाई सम्मानका साथ शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराउँदै साक्षर बनाउने यो अभियानलाई आगामी दिनमा अझै प्रभावकारी ढंगबाट अगाडि बढाउने विद्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसियाली फुटबल महासंघ (एएफसी) यू–२३ च्याम्पियनसिपका लागि छनोट हुन असफल रह्यो नेपाल
एसियाली फुटबल महासंघ (एएफसी) यू–२३ च्याम्पियनसिपका लागि छनोट हुन असफल रह्यो नेपाल
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान गाउँमा पुगेन, हिंसाको मुख्य कारण रक्सी
लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान गाउँमा पुगेन, हिंसाको मुख्य कारण रक्सी
फुुटसल आजदेखि सञ्चालनमा
फुुटसल आजदेखि सञ्चालनमा
विमान खरिद प्रकरण : पूर्व र वर्तमान गरि तीन मन्त्री कारवाहीमा पर्दै
विमान खरिद प्रकरण : पूर्व र वर्तमान गरि तीन मन्त्री कारवाहीमा पर्दै
धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण
धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण
जेठाजुको जन्मदिनमा प्रियंकाको यस्तो लूक्स !
जेठाजुको जन्मदिनमा प्रियंकाको यस्तो लूक्स !
नेपाल देखि टर्कि सम्म, नेपालीबाटै ठगिँदै नेपाली कामदार
नेपाल देखि टर्कि सम्म, नेपालीबाटै ठगिँदै नेपाली कामदार
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
जिल्ला निर्वाचन कार्यालय खारेजीको प्रस्तावप्रति आयोगको ध्यानाकर्षण
घट्यो सुनको मूल्य
घट्यो सुनको मूल्य
शुक्रबार सन्तोषी माताको व्रत बस्नुको कारण र व्रत बस्ने विधि यस्तो छ
शुक्रबार सन्तोषी माताको व्रत बस्नुको कारण र व्रत बस्ने विधि यस्तो छ