पल शाहलाई पथ १२ दिन थुनामा राख्न अनुमति

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २२, २०७८
|
|
१६ पटक हेरिएको
Shares
पल शाहलाई पथ १२ दिन थुनामा राख्न अनुमति

सारांश

  • बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ ।
  • म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालत लगेको थियो ।

बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ ।

म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालत लगेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान नसकिएका कारण थप १२ दिन हिरासतमा राख्न अनुमति लिइएको हो । ११ फागुनमा एक बालिकाले आफूमाथि बलात्कार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

केही दिन प्रहरीको सम्पर्कमा नआएका पल फागुन १५ मा आफैं प्रहरीसमक्ष पुगेका थिए । अनुसन्धानका लागि पहिले पाँच दिन थुनामा राख्न अनुमति लिएको प्रहरीले अनुसन्धान नसकिएपछि पुनः १२ दिन म्याद लिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?