तुलनात्मकरुपमा नेपालको संविधान सर्वस्वीकार्य : सुवासचन्द्र नेम्वाङ

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १९, २०७५
|
१
|
५३ पटक हेरिएको
Shares
तुलनात्मकरुपमा नेपालको संविधान सर्वस्वीकार्य : सुवासचन्द्र नेम्वाङ

सारांश

  • अस्बिन खड्का उदयपुर, १९ बैशाख ।
  • निर्वाचन सपन्न भइसकेको र अब मुलुक समृद्धितर्फ अघि बढेको पूर्व सभामुख तथा नेकपा एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङले बताएका छन् ।
  • नेता नेम्वाङले इलाम र धरानको संयुक्त आयोजना भएको तीनदिने इलाम टी एक्स्पो– २०७५ को उद्घाटनका अवसरमा सो कुरा बताएका हुन् ।

अस्बिन खड्का

उदयपुर, १९ बैशाख । निर्वाचन सपन्न भइसकेको र अब मुलुक समृद्धितर्फ अघि बढेको पूर्व सभामुख तथा नेकपा एमाले संसदीय दलका उप नेता सुवासचन्द्र नेम्वाङले बताएका छन् । नेता नेम्वाङले इलाम र धरानको संयुक्त आयोजना भएको तीनदिने इलाम टी एक्स्पो– २०७५ को उद्घाटनका अवसरमा सो कुरा बताएका हुन् ।

नेता नेम्वाङले चुनावमा आफू र आफ्नो पार्टीले जनतालाई दिएको प्रतिवद्धता अब यो सरकारले इमान्दारीपूर्वक पूरा गर्ने बताए । उनले सरकारको अबको मुख्य उद्देश्य विकास र निर्माण भएको स्पष्ट पारे । उनले ९०÷९५ प्रतिशत जनताले स्वीकारेको संविधान निर्वाचनसँगै संस्थागत भएको बताउँदै अन्य देशको तुलनामा नेपालको संविधान सर्वस्वीकार्य रहेको दाबी समेत गरे ।

संविधान अपरिवर्तनीय दस्तावेज नभएको बताउँदै यसलाई परिमार्जन गर्दै लान सकिने स्पष्ट पारे । फरक प्रसङ्गमा नेता नेम्वाङले ढिलै भएपनि धरान र इलामले भगिनी सम्बन्ध कायम गरी समृद्ध शहरको परिकल्पना गरेको बताउँदै सम्बन्धको निरन्तताको शुभकामना दिए । पार्टी एकताका विषयमा पनि उनले दुबै पार्टीबीच एकीकरणको सवालमा सकारात्मक छलफल र बहस भइरहेको र पार्टी एक हुने कुरामा निश्चिन्त रहन आग्रह गरे ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂❤ ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?